2026-09-01 01:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रेसुङ्गा क्याम्पसका विद्यार्थीले गरे इतिहासमै पहिलो पटक विदाइ कार्यक्रम

लक्ष्मी अर्याल | चैत ११, गुल्मी | रेसुङ्गा बहुमुखि क्याम्पस तम्घास गुल्मीमा विदाइ कार्यक्रम सम्पन्न भएको छ । विविएस् र विएड तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले चौथो वर्षमा अध्ययनरत विद्यार्थीलाइ विदाइ गरेका हुन् । 

विद्यार्थीले रेसुङ्गा क्याम्पसको इतिहाँसमै पहिलो पटका विदाइ कार्यक्रम आयोजना गरिएको बताइएको छ । विएड तेस्रो वर्षमा अध्ययनरत छात्र हुमाकान्त पोख्रलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्याम्पस सञ्चालन समितिका अध्यक्ष   शालिकराम पन्थिको प्रमुख आतिथ्यता रहको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि पन्थिले अब केहि दिनमै रेसुङ्गा क्याम्पस किउयुए सर्टिफाइड क्याम्पस बन्ने बताउनु भएको छ । 

विद्यार्थी र क्याम्पस विच आत्मियता कायम राख्न, सृजनशिल तथा नेतृत्व बिकासका लागि यस्तो कार्यक्रम अत्यन्तै महत्वपुर्ण रहेको क्याम्पसका स्ववियु सभापति श्रीराम महतले बताउनु भयो । त्यस्तै क्याम्पस तथा विद्यार्थीको हकहितका लागि स्ववियु सधै लागिपर्ने उहाँको भनाइ छ । कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष माधव ज्ञवालि र क्याम्पस प्रमुख हरि खत्रिको विशिष्ट आतिथ्यता रहेको थियो । 

त्यस्तै स्ववियु सचिव नविन पन्थी, सञ्चालक समितिका कोषाध्यक्ष, सदस्य, क्याम्पसका उपप्राध्यापक, स्ववियु पदाधिकारि, पत्रकार लगाएको आतिथ्यता रहेको थियो । कार्यक्रममा स्नातक तेस्रो वर्षका तर्फबाट निर्मला बस्नेत तथा चौथो वर्षका विद्यार्थीको प्रतिनिधित्व गर्दै इश्वर पोख्रेल र सृजना बस्नेतले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रमको विचबिचमा विद्यार्थीहरुले गजल, गित तथा नृत्य प्रस्तुत गरेका थिए । विएड तेस्रो बर्षकि छात्रा पुजा भुषालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन विएड तेस्रो वर्षकि छात्रा लक्ष्मी अर्याल र कमल कुवरले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन