विजय थापा | असोज ८, वाशिंगटन डिसी | 

युवा ,प्रतिभाशाली तथा भाग्यशाली चलचित्र निर्देशक दिनेश राउतलाई चलचित्रको फाँटमा ज्यादा परिचय गराई रहनु नपर्ला l​ ​हता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा | असोज ८, वाशिंगटन डिसी | 

युवा ,प्रतिभाशाली तथा भाग्यशाली चलचित्र निर्देशक दिनेश राउतलाई चलचित्रको फाँटमा ज्यादा परिचय गराई रहनु नपर्ला l​ ​हता"/>

2026-10-10 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुरस्कार चलचित्रकर्मीको उर्जा हो, प्रेरणा हो अनि हौसला हो : निर्देशक राउत

विजय थापा | असोज ८, वाशिंगटन डिसी | 

युवा ,प्रतिभाशाली तथा भाग्यशाली चलचित्र निर्देशक दिनेश राउतलाई चलचित्रको फाँटमा ज्यादा परिचय गराई रहनु नपर्ला l​ ​हतारमा चलचित्र निर्माण गर्नु भन्दा धैर्य धारण र प्रतिक्षा गरि चलचित्र निर्माण गर्नु पर्छ भन्ने आफ्नो धारणा र मान्यता रहेको बताए l

निर्देशक राउतलाई चलचित्रको नाम कसरी अंग्रेजीमा रहन पुग्यो भन्ने सवालमा उनि भन्छन शायद कथा बस्तुले मागेकोले या संयोगले त्यसो हुन् पुगेको बताए l

आफु समय कुरेर भए पनि राम्रो चलचित्र बन्न सकोस भन्ने आफ्नो चाहना भएकोले आफुले सन् २०१२ मा बनाएको आइएम सरी ,नोबेम्बर रेन २०१४ र सन् २०१६ मा बनाएको क्लासिक लोकप्रिय चलचित्रहरु प्रेममा आधारित बन्न गएको बताए l

उनले अगाडी भने चलचित्र बनाए पछि दर्शकले मन पराई दिनु पर्छ भन्दै आफु त्यस तर्फ ज्यादा केन्द्रित रहने बताए l चलचित्रमा जीवन खोज्ने अनि जीवन भोगाई जस्तै चलचित्र बनाउने निर्देशक हुन दिनेश राउत । दिमाख र आँखाले भन्दा आफ्ना चलचित्रलाई मनले हेरि दिनु पर्छ भनेर आग्रह गर्ने निर्देशक राउतले मन छुने चलचित्र बनाएकै कारण सबैको प्रशंसा पाई रहेका हुन्छन् ।

हुन त मान्छेको आफ्नो स्वभाव पनि उसको चलचित्रमा झल्कने गर्छ । राउतको सन्दर्भमा पनि यस्तै भएको होला । राउत स्वभावले अत्यन्त शान्त, मिलनसार, भद्र र बौद्धिक छन् । अनि आफ्ना साथीहरु माझ उत्तिकै प्रेमिल छन् । आइएम सरी देखि क्लासिक सम्म सानो सानो कुरालाई ध्यान दिएर हेर्ने हो भने उनको यो स्वभाव झल्केको पाउँछौं हामी l 

चलचित्रलाई जीवन मान्ने निर्देशक राउतले आफ्नो जीवन पनि चलचित्र नै सम्झन्छन् । स्वदेश भित्रै अन्य क्षेत्रबाट आएका विभिन्न प्रस्तावहरुको वास्ता नगरि चलचित्र क्षेत्रमा लागि रहेका उनलाई विदेशमा स्थायि बसोबासको प्रस्ताव नआएको पनि होइन उनि भन्छन । तर उनले आफ्नो जीवन नै चलचित्र सम्झेकोले यि सबै कुरालाई वेवास्ता गरि दिए ।

सफल र असल दुई फरक कुराहरु हुन । तर राउतमा यि दुवै गुण पाइन्छ । उनी एउटा असल अनि कुशल निर्देशक त हुन नै त्यत्तिकै मात्रमा पनि सफल छन् । पहिलो चलचित्र आइएम सरीबाट विभिन्न पुरस्कारमा नव निर्देशकको विधामा मनोनयनमा परे पनि नोभेम्वर रेनबाट उनलाई पहिलो पुरस्कार हात लागेकोमा दंग भएको सम्झना गरे l

डिजिटल फिल्म अवार्ड २०७१ मा उनी चलचित्र नोभेम्वर रेनबाट उत्कृष्ट निर्देशक घोषित भए भने उनको चलचित्र नोभेम्बर रेन उत्कृष्ट चलचित्र भयो l अनि सोही चलचित्रबाट उनले बक्स अफिस चलचित्र पुरस्कार पनि प्राप्त गरे ।

निर्देशक राउतको सफलताको कथा जारी छ । उनले हालै मात्र देशकै प्रतिष्ठित एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७२ मा “प्रकाश” सर्वोत्कृष्ट निर्देशक, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका छन् । 

चलचित्र पनि व्यवसायिक बन्न सक्छ र ?  भनि प्रश्नहरु उठिरहेको समयमा आज भन्दा झण्डै ५ दशक अगाडी निर्देशक प्रकाश थापाले व्यवसायिक चलचित्र निर्देशनको रेखा कोरेका थिए । आज चलचित्र व्यवसायिक बनिरहेका छन् जसको श्रेय उनै थापालाई जान्छ । 

त्यस्तो व्यक्तिको नामबाट स्थापित “प्रकाश” सर्वोत्कृष्ट निर्देशक, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गर्नु जो कोही निर्देशकको लागि गर्वको कुरा हो । अनि उसको उत्कृष्टता र सफलताको मापन पनि हो । यस अर्थ पनि आजको दिनमा राउत कुशल, असल  अनि सफल निर्देशक हुन भन्दा धक मान्नु पर्दैन ।

उनलाई चलचित्र विधामा दिने पुरस्कारका बारेमा सवाल गर्दा उनि भन्छन पुरस्कार चलचित्रकर्मीको उर्जा हो, प्रेरणा हो अनि हौसला हो । राउत पनि “प्रकाश” सर्वोत्कृष्ट निर्देशक, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरिसके पछि आफुले अझ उत्कृष्ट चलचित्र बनाउनु पर्छ भन्ने कुरा महशुस भइरहेको बताउँछन् । 

हाल उनी दुई चलचित्रको आलेखमा काम गरिरहेको बताए l र ति दुवै चलचित्र पहिलेको भन्दा अझ उत्कृष्ट बनाउने विश्वासमा छन् ।

उनलाई नेपाली चलचित्रले अन्तर्राष्ट्रिय ख्याती प्राप्त अस्कार पुरस्कार कहिले हासिल गर्ला र यता तिर हाम्रो सोच किन गै रहेको छैन भन्ने प्रश्नमा निर्देशक राउत भन्छन नेपाली चलचित्र पनि निकै स्तरीय निर्माण हुन् थालेको स्मरण गराए l अब चलचित्र उद्योगमा लाग्ने ले यस तर्फ सोच्न थालनी गरि सकेको बताए l हामी पनि केहि कमि छैनौ भन्दै अब कालान्तरमा नेपाली चलचित्रले पनि अस्कर पुरस्कार जित्न सक्ने आफुले आधार देखेको बताए l  

२०५३ सालबाट राउतले चलचित्र क्षेत्रमा जीवन यात्रा शुरु गरेका हुन । नेपाल टेलिभिजनबाट आउने धारावाहिकको सह निर्देशक हुँदै चलचित्र यात्रामा औपचारिक पाइला सारेका राउतले त्यसपछि केही चलचित्रमा समेत सहायक तथा मुख्य सहायक निर्देशक भई काम गरेको बताए l

चलचित्रमा काम गरि रहदा यसैलाई आफ्नो चलचित्र पाठशाला र विश्व बिद्यालय मानेका राउत त्यही सिकाइका कारण आज सफल निर्देशक भएका छन् । 

हुन त अहिले राउतलाई निकै चलचित्रको प्रस्ताव आउने गरेको बताए । तर उनी आफ्नो मान्यताबाट डगमगाएका छैनन् । यसैले त २०६८ देखि २०७३ सम्म जम्मा ३ वटा चलचित्र निर्देशन गरेका छन् ।

प्रेम कथा का प्रेमिल निर्देशक दिनेश राउत सफल मात्र होइन उत्कृष्ट पनि हुन् l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने