2026-10-10 02:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

बक्स अफिसमा धमाका मच्चाइरहेको ‘एनिमल’ मा कुन कलाकारको पारिश्रमिक कति ?

मङ्सिर १८, काठमाडौँ | डिसेम्बर १ मा रिलिज भएदेखि नै फिल्म एनिमलले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । 

यस फिल्मका सबै स्टार कास्ट चर्चित र ठूला कलाकार हुन् ।  प्राप्त जानकारी अनुसार रणवीर कपुरले एनिमलका लागि ३० देखि ३५ करोड भारु शुल्क लिएका थिए । उनले आफ्नो पारिश्रमिकको केही हिस्सा यो फिल्म बनाउन लगाएका थिए ।

रणवीरले फिल्मको नाफामा आफूले हिस्सा लिने बताएका थिए । वास्तवमा रणवीरले एउटा फिल्मका लागि ७० करोड भारु पारिश्रमिक लिन्छन् । तर भूषण कुमार र सन्दीप रेड्डी वांगालाई समर्थन गर्न, उनले आफ्नो शुल्क ५० प्रतिशतभन्दा बढी घटाएका थिए । 

फाइनान्सियल एक्सप्रेसको रिपोर्ट अनुसार बबी देओलले ४–५ करोड रुपैयाँ पाएका छन् । जहाँ रश्मिका मन्दानाले ४ करोड र अनिल कपूरले २ करोड पाएका छन् । 

फिल्ममा रणवीरको अभिनय देखेर निर्देशक वांगाले रणवीर जस्तो कलाकारलाई यसअघि कहिल्यै नभेटेको बताएका थिए । रणवीरको अभिनय देखेर कहिलेकाहीँ सन्दीपको खुट्टा छुन मन लाग्ने उनको भनाई थियो । 

रणवीरले आफ्नो १६ वर्षको करियरमा जम्मा २० फिल्म गरेका छन् जसमध्ये ११ फिल्म फ्लप र ९ हिट भएका छन् । करियरको दृष्टिकोणले रणवीरका लागि एनिमलको सफलता धेरै महत्त्वपूर्ण छ।  

रणवीरको यो फिल्मले दुई दिनमा नै विश्वभर २३६ करोड भारु कमाएको छ । फिल्मले पहिलो दिनमै ११५ करोड कमाएको थियो । यो कलेक्सनसँगै रणवीरले आफ्ना अघिल्ला सबै फिल्मको कीर्तिमान तोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो