2026-10-10 02:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

किन भइरहेको छ ‘एनिमल’ को आलोचना?

मङ्सिर १८, काठमाडौँ | यतिबेला बलिउड फिल्म ‘एनिमल’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। फिल्मले तीन दिनमा २०१ करोड ७६ लाख भारू कमाएको छ।

अभिनेता रणवीर कपूरको मुख्य भूमिका रहेको फिल्ममा अभिनेत्री रश्मिका मन्दाना, बबी देओल, अनिल कपूरको पनि अभिनय छ।

शुक्रबारदेखि फिल्म प्रदर्शन भएपछि दर्शकले स-साना भिडिओ क्लिप सामाजिक सञ्चालमा सेयर गरिरहेका छन्। जसमा फिल्मका पुरुष पात्रले महिला पात्रलाई शारीरिक, मानसिक हिंसा गरिरहेको क्लिप छन्। फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन्। 

कतिपयले  फिल्मलाई राम्रो बताएका छन् भने कतिपयले धेरै हिंसात्मक भएको बताएका छन्। ‘एनिमल’ को आलाेचना भइरहँदा अभिनेता आमिर खानको एक भिडिओले चर्चा बटुलिरहेको छ।

आमिरले केही वर्षअघि एक अन्तर्वार्तामा हिंसाको कथा राखेर फिल्म चल्छ भन्ने भ्रम निर्देशकलाई रहेको बताएका थिए।

‘निर्देशक फिल्मको कथामा हिंसा र सेक्समा निर्भर हुन्छन्, उनीहरूले यस्ता कुरा फिल्ममा देखाउँदा सफलता हासिल गर्छ भनेर सोच्छन्। यो गलत हो। खासमा उनीहरूको अरू कुरा देखाउने हैसियत हुँदैन, त्यसैले निर्देशकहरू यस्ता कुरामा बढी प्राथमिकता दिन्छन्’ उनले भने, ‘मलाई लाग्छ यस्तो गर्नु एकदम गलत सोच हो। यस्तो कथाले समाजलाई नकारात्मक असर पुर्‍याउँछ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो