2026-10-10 02:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

आफ्नो डिपफेक भिडियोबारे आलियाको प्रतिक्रिया ?

मङ्सिर २७, काठमाडौँ | पछिल्ला दिनमा बलिउडमा एकपछि अर्को गर्दै डिपफेक भिडियोहरू सार्वजनिक भए । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको भिडियोदेखि शुरु भएको यो मामिलामा काजोल, कट्रिना कैफ र आलिया भट्ट जस्ता अन्य चर्चित अभिनेत्रीको समेतको नक्कली भिडियोहरु आए । हालै मात्र आलिया भट्टले रेड सी इन्टरनेशनल फिल्म फेष्टिबलमा आफ्नो डिपफेक भिडियोबारे प्रतिक्रिया दिएकी छन् ।

कार्यक्रममा आलियाले हार्ट अफ स्टोनमा काम गर्दाको आफ्नो अनुभवदेखि आफ्नो आगामी फिल्म जिगरासम्म खुलेर कुराकानी गरेकी थिइन् । त्यसबेला अभिनेत्री आलियाले आफ्नो भाइरल डिपफेक भिडियोमा पनि प्रतिक्रिया दिइन् । ‘भन्नलाई त धेरै कुरा छन् । मलाई यस्तो लाग्छ कि जहाँ राम्रो कुरा हुन्छ त्यहाँ नराम्रो कुरा पनि हुन्छन्’ आलियाले भनिन् । एआईले केही व्यवसायका लागि अवसरको बाटो खोल्ने भएपनि अरुको लागि यो हानिकारक हुन सक्ने उनले बताइन् । ‘यसलाई हामीले राम्रो ढंगले बुझ्न थाल्यौ भने सर्वसाधारणको सुरक्षाको लागि कानुन पनि बन्नेछ भन्ने मलाई आशा छ,’ आलियाले भनिन् ।

शुरुमा रश्मिका मन्दानाको डिपफेक भिडियो भाइरल बनेको थियो । त्यतिबेला रश्मिकाको समर्थनमा अमिताभ बच्चनले खुलेर बोलेका थिए । बलिउड अभिनेत्री मृणाल ठाकुरदेखि दक्षिण भारतीय स्टार नागा चैतन्यसम्मले डिपफेकबारे चिन्ता व्यक्त गरेका थिए । कृत्रिम बौद्धिकताको नियमनसम्बन्धी कानुन ल्याउन सरकारसँग माग समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो