2026-10-10 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘पुष्पा’ का अभिनेताले स्वीकारे आफ्नो अपराध

पुस ३, हैदरबाद । अल्लु अर्जुन र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको फिल्म पुष्पाका ‘केशव’ अर्थात् अभिनेता जगदीश प्रताप बंदरीलाई प्रहरीले पक्राउ गरेको छ । जुनियर महिला कलाकारको आत्महत्याको मामिलामा प्रहरीले अभिनेता सोधपुछ गरिरहेको थियो । यस क्रममा जगदीशले आफूमाथिको अभियोग स्वीकार गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो । महिलाले नोभेम्बर २९ मा आत्महत्या गरेकी थिइन् ।

यो मामिलाको छानबिनका क्रममा प्रहरीले जगदीशलाई डिसेम्बर ६ मा हिरासतमा लिएका थिए । सुकुमारको निर्देशनमा बनेको ब्लकबष्टर प्यान इन्डिया एक्सन ड्रामा ‘पुष्पा–द राइज’मा जगदीशले अल्लु अर्जुनको साथी केशवको भूमिका निर्वाह गरेका थिए । यो फिल्ममा उनको पात्रलाई दर्शकले निकै रुचाएका थिए ।

के थियो मामिला ?

नोभेम्बर २९ मा एक महिला जुनियर आर्टिस्टले पासो लगाएर आत्महत्या गरिन् । यो घटनापछि महिलाको पिताले प्रहरीमा जाहेरी दिए । छानबिनको क्रममा जगदीशले निजी अन्तरङ्ग फोटोहरू देखाएर महिलालाई ब्यलाकमेल गर्ने गरेको खुलासा भयो । ब्ल्याकमेल सहन नसकेर महिलाले आत्महत्या गरेकी थिइन् । जगदीशले अर्को व्यक्तिसँग मिलेर लुकेर महिलाको फोटो खिचेका थिए । पुछताछका क्रममा उनले आफूले गरेको अपराध स्वीकारे । आफूले गलत आशयले महिलाको तस्बिर खिचेको उनले प्रहरीलाई बताए ।

तस्बिर सार्वजनिक गरिदिन्छु भन्दै आफूले महिलालाई धम्क्याएको पनि उनले बताएका थिए । ती महिलालाई जगदीशले एकतर्फी रूपमा प्रेम गर्थे । तर महिला अरू कसैको प्रेममा थिइन् । आफूले मन पराएको महिला अरूको साथमा देख्दा आफू ईर्ष्याले जलेको अनि यस्तो हरकत गरेको अभिनेताले स्वीकार गरेका छन् । पुष्पा–२ मा जगदीशको राम्रै भूमिका छ । अहिले फिल्मको सुटिङ चलिरहेको छ । यो घटनापछि फिल्ममा उनले खेलेको पात्र अब कसले खेल्छ भन्ने प्रश्न उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा