2026-09-19 08:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सर्वाधिक कमाउने फिल्मको रेकर्ड राखेका शाहरूखको फिल्म ‘डंकी’ ले कति कमायो पहिलो दिन ?

पुस ६, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘डंकी’ ले घरेलु बक्स अफिसमा राम्रो सुरूवात गरेको छ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले ३० करोड भारू कमाएको अनुमान छ। फिल्मको वास्तविक कमाइ आउन बाँकी छ। 

यस वर्ष शाहरूख खानको फिल्म ‘जवान’ ले सर्वाधिक कमाउने हिन्दी फिल्मको रेडर्क राखेको छ। ‘जवान’ ले पहिलो दिनमा ७५ करोड भारू कमाएको थियो भने शाहरूखकै फिल्म ‘पठान’ ले ५७ करोड भारू कमाएको थियो। यी दुई फिल्मको रेकर्ड तोड्न ‘डंकी’ असफल भएको छ। 

फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन्। कतिपयले फिल्म राम्रो बनेको बताएका छन् भने कतिपयले औसत फिल्म बताएका छन्।  

शुक्रबारदेखि प्रभास अभिनीत फिल्म ‘सलार’ पनि प्रदर्शन भएको छ। दुई ठूला फिल्म एकसाथ प्रदर्शन गर्दा व्यापारमा असर पुग्ने देखिन्छ।

राजकुमार हिरानीले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई