2026-10-10 01:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘सलार’लाई विश्वभरबाट ४५० करोड, ‘डंकी’ले कमायो २५० करोड

पुस १०, काठमाडौँ | प्रभास स्टारर भारतीय फिल्म ‘सलार’ले प्रदर्शनको चौथो दिन क्रिसमस बिदामा भारतीय बक्स अफिसमा ४२ करोड ५० लाख भारु कमाएको छ । योसँगै फिल्मको कुल भारतीय बक्स अफिस कलेक्सन २५१ करोड ६० लाख पुगेको छ ।

प्रशान्त नील निर्देशित फिल्मले सोमबारको कलेक्सन हेर्दा ‘एनिमल’को कीर्तिमान तोड्ने अपेक्षा थियो । यसको मुख्य कारण फिल्मले पहिलो सोमबार क्रिसमस बिदाको फाइदा पनि पाएको थियो । तर सोमबार ४२.५० करोड कमाए पनि फिल्मले एनिमलको कमाइलाई उछिन्न सकेन । रणवीर स्टारर ‘एनिमल’ले सोमबार बिदा नभए पनि ४३.९६ करोड कमाएको थियो ।

क्रिसमसको दिन ‘सलार’को हिन्दी संस्करणको अकुपेन्सी ३५.१५ प्रतिशत थियो । उत्तर अमेरिकामा यो फिल्मले हालसम्म ६ मिलियन डलरभन्दा बढी कमाइसकेको छ । चार दिनमा विश्वभर ‘सलार’को कमाइ ४५० करोडभन्दा बढी छ ।

अर्कोतर्फ शाहरुख खानको फिल्म ‘डंकी’ले पाँचौं दिन भारतमा २२ करोड ५० लाख भारुको व्यापार गरेको छ । भारतीय बक्स अफिसमा अहिलेसम्म ‘डंकी’को कुल कलेक्सन १२८ करोड १३ लाख रुपैयाँ छ । ‘डंकी’ सलारभन्दा एक दिनअघि बिहीबार रिलिज भएको थियो ।

विश्वव्यापी कमाइको कुरा गर्दा ‘डंकी’ले चौथो दिन ५४ करोड भारु कमाएको थियो । कुल चार दिनमा यसको विश्वव्यापी कलेक्सन २११ करोड रुपैयाँ पुगेको थियो । व्यापार विज्ञहरुका अनुसार फिल्मले अहिले विश्वभर २५० करोडको आँकडा पार गरिसकेको छ ।

यसअघि बलिउड व्यापार समीक्षक रोहित जैसवाल, आमिर अन्सारी र रमेश बालाले क्रिसमसमा दुवै फिल्मबाट राम्रो कलेक्सन हुने अपेक्षा गरेका थिए । डंकीले क्रिसमसमा देशमा ३० करोडको व्यापार गर्ने अनुमान गरिएको थियो । साथै सलारबाट पनि राम्रो आम्दानीको अपेक्षा गरिएको थियो । तर क्रिसमसको बिदा भए पनि दुवै फिल्मले त्यति कमाइ गर्न सकेनन् ।

सलार यो वर्ष भारतमा सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ । फिल्मले पहिलो दिन विश्वभर १७८.७ करोड रुपैयाँ भारु कमाएको थियो, जसमध्ये भारतीय बक्स अफिसमा ९० करोड ७० लाख रुपैयाँ कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी