2026-10-10 01:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

कति कमाए शाहरूख खानको ‘डंकी’ र प्रभासको ‘सलार’ ले?

पुस २०, काठमाडौं | बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘डंकी’ र प्रभास अभिनीत फिल्म ‘सलार’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। 

बक्स अफिसमा प्रभासको ‘सलार’ ले आक्रामक कमाइ गरिरहँदा शाहरूख खानको ‘डंकी’ ले औसत कमाइ गरिहेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय बक्स अफिसमा ‘डंकी’ ले १५ दिनमा २०५ करोड ५७ लाख भारू कमाइ गरेको छ भने ‘सलार’ ले १४ दिनमा ३७५ करोड ९९ लाख भारू कमाएको छ। 

‘सलार’ ले विश्वभरबाट ६५० करोड भारूबढी कमाइ सकेको छ। 

राजकुमार हिरानीले निर्देशन गरेको फिल्म ‘डंकी’ मा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ। 

प्रशान्त नीलले निर्देशन गरेको फिल्म ‘सलार’ मा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमारनलगायत कलाकारको अभिनय छ। प्रभास र प्रशान्तले यो फिल्ममार्फत पहिलो पटक सहकार्य गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी