2026-10-10 01:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

शाहरुखको करिअरकै सर्वाधिक कमाइ गर्ने तेस्रो फिल्म बन्यो ‘डंकी’, कति कमायो?

पुस २३, काठमाडौँ | शाहरुख खान स्टारर बलिउड फिल्म ‘डंकी’ले विश्वभरबाट ४३६ करोड ४० लाख भारतीय रुपैयाँको आँकडा पार गरिसकेको छ। यो कमाइसँगै ‘डंकी’ शाहरुखको करियरकै सर्वाधिक कमाइ गर्ने तेस्रो फिल्म बनेको छ। 

शाहरुखले आफ्नै फिल्म ‘चेन्नई एक्सप्रेस’को रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेका हुन्। सन् २०१३ मा रिलिज भएको चेन्नई एक्सप्रेसले विश्वभरबाट ४२३ करोड कलेक्सन गरेको थियो। 

सन् २०२३ शाहरुखका लागि निकै फलदायी रह्यो। त्यसै वर्ष रिलिज भएको ‘जवान’ शाहरुखको करियरकै सर्वाधिक कमाउने पहिलो फिल्म हो। जवानले विश्वभरि ११५२ करोड भारु ग्रस कलेक्सन गरेको थियो। 

साथै यस फिल्मले सर्वाधिक कमाई गर्ने पहिलो हिन्दी फिल्मको रेकर्ड कायम गर्न समेत सफल भएको छ। दोस्रो नम्बरमा भने ‘पठान’ रहेको छ। गत २५ जनवरीमा रिलिज भएको पठानले विश्वभरिबाट १०५०.८ करोड भारुको व्यापार गरेको थियो। 

राजकुमार हिरानी निर्देशित ‘डंकी’ ले घरेलु बक्सअफिसमा भने २१६.६७ करोड भारु कमाएको छ। यस फिल्ममार्फत राजकुमार र शाहरुखले पहिलोपटक सहकार्य गरेका हुन्।

हिरानीकै कथा रहेको फिल्ममा शाहरुखका साथै तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, दिया मिर्जा लगायतको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी