2026-10-10 03:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

किन ट्रोल हुँदै छ रणवीरको अयोध्याको तस्बिर ?

माघ १०, काठमाडौँ | सोमबार अयोध्यामा राम मन्दिरमा भगवान् रामको बालक प्रतिमूर्तिको प्राण प्रतिष्ठा भयो। सो समारोहमा ठूलो संख्यामा दर्शनार्थीहरु पुगेका थिए।

उक्त समारोहमा व्यापारीहरू, अभिनेता–अभिनेत्रीदेखि देश विदेशका दर्शनार्थीहरु पुगेका थिए। सोही अवसरमा भारतीय फिल्म उद्योगका रियल जोडी आलिया भट्ट र रणवीर कपूर पनि पुगेका थिए। त्योसँगै अर्का रियल जोडी कट्रिना कैफ र विकी कौशल।

रामको दर्शन गर्न बसेका कट्रिना कैफ र आलिया भट्टको बीचमा रहेका रणवीर कपूरको तस्बिर अहिले सामाजिक सञ्जालमा ट्रोल भइरहेको छ। दर्शनका लागि लाइनमा बसिरहेका उनीहरूको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा रणवीर र आलिया दुवै लाइनमा देखिन्छन्। दुवै जना बिस्तारै बिस्तारै अगाडि बढिरहेका छन्।

रणवीरले आलियालाई पछाडिबाट समातेका छन्। भिडमा बिस्तारै अघि बढिरहेका छन्। आलियाको अगाडि अभिनेत्री माधुरी दिक्षित र उनको पति श्रीराम नेने छन्। यहाँ रोचक कुरा चाहिँ के देखियो भने लाइनमा रणवीरको पछाडि कट्रिना छिन्। कट्रिना र रणवीरको बिचमा निकै ग्याप देखिन्छन्। कट्रिनालाई छोइएला कि भनेर रणवीर बेला बेलामा पछाडि फर्किएर हेरिरहेका छन्।

कट्रिनाको पछाडि उनको पति विकरकी कौशल छन्। विकरकी लाइनमा कट्रिनालाई समातेर उभिएका छन्। 

कुनैबेला रणवीर कट्रिनासँग अफेयरमा रहेका थिए। पछि भने रणवीरले आलियासंग विवाह गरे। अहिले यी दुईको छोरी जन्मिएकी छिन्।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा