2026-09-19 08:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

ऋतिक रोशनको फाइटर अनलाइनमा लिक, निर्मातालाई तनाब

मुम्बई, १२ माघ । दीपिका पादुकोण र ऋतिक रोशनको जोडी पहिलो पटक फिल्म फाइटरमा देखिएका छन । 

दुवै पहिलो पटक पर्दामा रोमान्सका साथ उत्कृष्ट एक्सन गर्दै देखिएका छन् । चलचित्र ‘फाइटर’ बिहीबारबाट हलमा रिलिज भएको हो,  जसले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । फाइटरले विश्वभर २५ करोड रुपैयाँभन्दा बढीमा ओपन गरेको छ। 

यसैबीच, ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपूरका साथै फाइटरका निर्माताहरूका लागि नराम्रो खबर आएको छ। यो फिल्म अनलाइन लिक भएको भारतीय मिडिया एनडिटीभीले जनाएको छ ।

फाइटरलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । यसअघि उनले शाहरुख खानसँग फिल्म पठान बनाएका थिए । पठान पनि रिलिज भएलगत्तै अनलाइन लीक भएको थियो। अहिले ऋतिक रोशनको फाइटरसँग पनि यस्तै भएको छ । फाइटर अनलाइन रिलिज भएको केही समय पछि नै लिक भएको छ। जसले फिल्मको बक्स अफिस कलेक्सनमा प्रभाव पार्ने निश्चित छ । 

यति मात्र होइन, फाइटरका केही रेकर्ड गरिएका संस्करणहरू पनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

फिल्म फाइटरले बक्स अफिसमा राम्रो ओपनिङ गरेको छ तर पठानको रेकर्ड तोड्न भने टाढा छ । ऋतिक रोशनको फिल्म  ‘फाइटर’लाई भारतमा मात्र नभई विश्वभर नै मन पराइएको छ । यसको स्टाइल फिल्मको अग्रिम बुकिङमा पनि देखिएको छ । यस्तो अवस्थामा फाइटरले विश्वभर करिब २५–२८ करोड रुपैयाँ कमाएको छ । यद्यपि, यी अझै पनि अनुमानित तथ्याङ्कहरू हुन्। 

तर भारतको बक्स अफिस कलेक्शनको कुरा गर्ने हो भने पछिल्लो तथ्यांक अनुसार ऋतिक रोशनको फिल्मले पहिलो दिन मात्र २२ करोड कमाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई