2026-10-10 01:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘पिताम्बर’मा प्रदीपको आमा बन्दै सुरक्षा !

माघ १४, काठमाडौँ | ‘ऐंचो पैंचो’ फेम्ड निर्देशक कृषा चौलागाईंले आगामी फिल्म ‘पिताम्बर’मा कलाकारको ‘लाइनअप’ बलियो बनाएकी छन् । यही माघ अन्तिमबाट नवलपरासी क्षेत्रमा पहिलो चरणको छायांकन गर्न लागिएको फिल्ममा प्रदीप खड्का, सुरक्षा पन्त, कामेश्वर चौरासिया र प्रमोद अग्रहरी मुख्य भूमिकामा अनुबन्धित भैसकेका छन् । आँचल शर्मा र अनुपविक्रम शाहीलाई पनि फिल्म अफर गरिएको छ ।

फिल्ममा प्रदीपको जोडी आँचलसँग बाँध्ने तयारी छ । सम्भवतः केही दिनमै आँचलसँग निर्माण टिमको सम्झौता हुनसक्नेछ । सुरक्षा भने प्रदीपको बाल्यकालको आमाको भूमिकामा देखिने स्रोत बताउँछ । पहिला आमाको रोलमा अर्कै एक चल्तीकी अभिनेत्रीलाई अफर गरिएको थियो । तर, उनले तत्काल आमाको भूमिकामा काम गर्न इच्छा नदेखाएपछि सुरक्षाको पोल्टामा फिल्म परेको हो ।

‘पिताम्बर’मा प्रदीप एक्सन अवतारमा देखिनेछन् । यसका लागि उनले शरीर सुगठित बनाउनुपर्नेछ । फिल्मको पहिलो चरणको छायांकनमा भने उनी जोडिने छैनन् । बैशाखपछि हुने दोस्रो चरणको छायांकनमा मात्र उनको सिन राखिएको छ । फिल्ममा प्रमोद भने नकारात्मक चरित्रमा देखिनेछन् । माघ, बैशाख र असार-साउनमा गरी फिल्मको तीन चरणमा छायांकन गरिने जनाइएको छ ।

कृषा स्वयंको निर्देशन रहने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । उनी फिल्मको निर्मातामा पनि छन् । प्रमोद भारद्वाजले फिल्म लेखेका हुन् । ‘लार्ज स्केल’मा बन्न लागेको फिल्मको बजेट ५ करोड अनुमान गरिएको छ । ‘स्टारकास्ट’मा मात्र झण्डै डेढ करोड खर्च हुने देखिन्छ । तराईंका विभिन्न ठाउँहरुमा लोकेशन हेरेर फर्किएकी कृषाले ‘पिताम्बर’लाई आफ्नो ड्रिम प्रोजेक्ट मानेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी