2026-10-10 08:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

आजदेखि टिकटक पूर्ण रुपमा चल्ने

भदौ २०,  काठमाडौँ । बिहीबारदेखि टिकटक पूर्ण रुपमा चल्ने भएको छ।

सरकारले भदौ ६ गते टिकटक खोल्ने निर्णय गरेपनि सरकार र टिकटक बिच सहमति हुन नसक्दा टिकटक  चल्न सकेको छैन। स्रोतका अनुसार टिकटक र नेपाल सरकारबीच नराम्रा भिडियो फिल्टर गर्ने विषयमा सहमति हुन सकेको थिएन।

टिकटकको सिंगापुरस्थित कार्यालयबाट आयुक्त अधिकारीसहित तीन जना प्रतिनिधि बुधबार नेपाल आएका थिए। उनीहरूले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेपछि सरकारले पूर्णरुपमा टिकटक खुलाउन लागेको हो।

मन्त्रालय स्रोतका अनुसार अब केही समयमै टिकटक चल्न सुरु हुने छ । मन्त्रालयले टिकटक खुलाउनको लागि नेपाल दुर सञ्चार प्राधिकरणलाई चिठी लेख्दै छ। दुर सञ्चार प्राधिकरणमा मन्त्रालय मार्फत चिठी प्राप्त भएमा नेपाल टेलिकमले टिकटक खुलाउने छ।

मन्त्रालयका प्रवक्ता गजेन्द्र प्रसाद ठाकुरका अनुसार टिकटकले सरकारले राखेका सर्त बाहेक अन्य विषयमा पनि सघाउने भएको छ। सरकारले टिकटकसँग नेपालमा सूचीकरण हुनुपर्ने, सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवर्द्धनमा सघाउन पुर्याउन पर्ने, कन्टेन्ट फिल्टरिङमा नेपालीलाई राख्नपर्ने र डिजिटल सुरक्षा र साक्षरता लगायतका विषयमा सहयोग गर्नुपर्ने सर्त राखेको थियो। यी सबै सर्त ती पदाधिकारीले स्वीकारेको ठाकुरले जनाए। 

टिकटकले सूचीकरणका लागि २ महिना मागेको छ। स्रोतका अनुसार सूचीकरणका लागि सबै डकुमेन्ट नपुगेकाले आफूहरुले २ महिनामा पुर्‍याएर सूचीकरण गर्न सरकारसँग ५६ दिन मागेको मन्त्रालयका एक अधिकारीले बताए।

सरकारले पर्यटन प्रवर्द्धनको सन्दर्भमा नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्न भनेको छ। 

सरकारले टिकटक फिल्टरिङमा नेपालीलाई राख्न भनेको र ती पदाधिकारीले सिंगापुरमा फिल्टरिङको लागि नेपाली नै रहेको जनाएको छ। प्रवक्ता ठाकुरले भने, ‘अब अरुले नेपाली बुझ्दैन, झन एआइले बुझ्ने कुरा भएन, त्यसैले हामीले नेपाली नै राख भनेको थियाैँ। उनीहरूले सिंगापुरमा नेपाली नै छ भनेको छ।’

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हालै एक अन्तर्वार्तामा सरकारको शर्तमा टिकटकका प्रतिनिधिहरु सकारात्मक रहेको बताएका थिए ।

२०८० कात्तिक २७ गते तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सामाजिक सद्भाव खलबल्याएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

तत्कालीन प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको समेत समर्थनमा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो। तर ओली आफू प्रधानमन्त्री भएपछि प्रतिबन्ध हटाउने निर्णय गरेका हुन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने