2026-10-09 06:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

ज्वाइँ साब’ ट्रेलर सार्वजनिक: सम्पत्तिको लोभमा विवाह गर्दा हुने कठिनाइको कथा (भिडिओ)

असोज १७, काठमाडौँ | बसन्त निरौलाद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘ज्वाइँ साब’ को ट्रेलर बिहीबार सार्वजनिक भएको छ। झण्डै तीन मिनेट लामो ट्रेलरले गोवर्द्धन पण्डित नामक अधवैंशे पात्रको कथा प्रस्तुत गर्दछ, जसको विवाह हुनसकेको छैन र योग्य वधुको खोजीमा छ।

ट्रेलरमा गोवर्द्धनले रेडियोमा श्रीमतीसहित सम्पत्ति जित्न सकिने प्रतियोगिताको बारेमा सुनेपछि भाग लिएको देखाइन्छ। अभिनेत्री नीति शाहले प्रतियोगिता सञ्चालन गरिरहेकी छन्, जसमा भाग लिनेहरुलाई विभिन्न चुनौतीपूर्ण टास्कहरू—डोको बोकेर दौडिनु, चिया बनाउनुपर्नु, लुगा धुनु, र अन्तर्वार्तामा पास हुनुपर्नेजस्ता कार्यहरू गराइएको छ।

गोवर्द्धन अन्ततः प्रतियोगितामा विजयी हुन्छ, तर सम्पत्तिको लोभमा गरिने विवाहले वैवाहिक संकट निम्त्याउने कथा ट्रेलरमा खुलाइएको छ। ट्रेलरको अन्त्यमा जितु (गोवर्द्धन) पासपोर्ट बोकेर विदेश जान विमानस्थलमा पुगेको देखाइन्छ, जहाँ नीति शाह पनि बच्चासहित आइपुग्छिन्।

फिल्मले सम्पत्तिको लोभमा गरिने विवाहका समस्याबारे सन्देश दिन खोजेको देखिन्छ। ‘ज्वाइँ साब’ रेड आइ फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो, र यो फिल्म दशैंको फूलपातीको अवसरमा असोज २४ मा प्रदर्शनमा आउने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने