2026-10-10 08:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दीपकले किन भने – ‘कहाँ बोल्ने ? कति बोल्ने ? किन बोल्ने ?’

असोज १८, काठमाडौँ | अभिनेता तथा निर्माता दीपकराज गिरीको नयाँ फिल्म ‘छक्का पञ्जा ५’ प्रदर्शन हुन अब केही दिनमात्र बाँकी छ । बडादशैँको फूलपातिका दिन अर्थात यही असोज २४ गतेदेखि यो फिल्म दर्शकमाझ आउने छ ।

फिल्मले हालसम्म सार्वजनिक गरेका प्रचार सामग्रीले दर्शकको ध्यान आकर्षित गर्न सफल भैसकेका छन् । खासगरि फिल्मका दुई गीतहरु बिहे भाको छैन तथा ब्रेकअप सङले दर्शकको ध्यान आकर्षित गर्न सफल भए । गीतका शब्दलाई सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणीहरु पनि नगरिएको होइनन्, तर सार्वजनिक भएका रिल तथा टिकटकले यी दुबै गीतहरु अत्यन्त लोकप्रिय भैसकेको प्रमाणित गरिसकेका छन् ।

यसैबीच, फिल्मका निर्माता तथा अभिनेता दीपकराज गिरीले एउटा अन्तर्वार्ताको क्रममा पछिल्लो अवस्थाप्रति दुःख तथा चिन्ता व्यक्त गरेका छन् । शुक्रवार बिहान सामाजिक सञ्जालमा एउटा तस्विरसहितको स्टाटस पोस्ट गर्दै गिरीले पछिल्लो पटक भैरहेका गतिविधिका कारण आफू कसरी चिन्तित तथा निराश भएका छन् भन्ने कुरा व्यक्त गरेका छन् ।

सञ्चारकर्मी टिकाराम यात्रीले उनलाई एउटा जिज्ञासा राखेका रहेछन् । ‘दीपकजी तपाईंहरुमाथि यस्तो प्रहार भैरहेको छ, किन नबोलेको ?’ यो जिज्ञासामा दीपकराज गिरीको जवाफ छ– ‘कहाँ बोल्ने ? कति बोल्ने ? किन बोल्ने ?’ आफ्नो स्टाटसको अन्त्यमा उनले आफूलाई जिन्दगीले धेरै कुरा सिकाएको बताउँदै भनेका छन्– ‘हामीलाई जिन्दगीले धेरै कुरा सिकाएको छ ।’

अघिल्ला वर्षहरु झैँ यो वर्ष पनि दशैँको अवसरमा तीन भिन्न फिल्महरुबीच भिडन्त हुँदैछ । दीपकराज समुहको ‘छक्का पञ्जा–५’ सहित जितु नेपाल समुहको ‘ज्वाईँसाब’ तथा विराज भट्ट समुहको ‘१२ गाउँ’ एकै दिन प्रदर्शन हुँदैछन् । एकै दिन फिल्महरु जुध्ने भएपछि सम्बन्धित फिल्मका कलाकारदेखि निर्देशकसम्मले विभिन्न सञ्चार माध्यमहरुमा दिएका अभिव्यक्तिहरुले सामाजिक सञ्जालमा चर्चा त पाइरहेकै छैन, एक–अर्काबीच भिड्ने र भिडाउने शैलीका टिका–टिप्पणीहरु समेत हुन थालेका छन् । यिनै प्रसंगहरुमा आधारित भएर दीपकराज गिरीले कहाँ बोल्ने, कति बोल्ने, किन बोल्ने भन्ने अभिव्यक्ति दिएको अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने