१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष

३० चैत्र २०८१, शनिबार १०:०६

काठमाडौँ | नेपाली चलचित्र क्षेत्रका लागि वर्ष–२०८१, समग्रमा सुखद रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा रू ४६ करोड ८० लाख (ग्रस) व्यापार गरेको तथ्याङ्क सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम (बक्स अफिस)’ मा छ । यही कारण विसं २०८१ लाई नेपाली चलचित्रको इतिहासमा स्मरणयोग्य बनिसकेको छ ।

अन्तिम चलचित्रका रूपमा ‘पिताम्बर’ र ‘कर्मा’ गत चैत २९ गतेदेखि प्रदर्शन भएको सहित यो वर्ष ‘बक्सअफिस’ को तथ्याङ्कअनुसार ६२ नेपाली चलचित्र प्रदर्शन भएका छन् । यसरी स्वदेशी ६२ चलचित्र प्रदर्शन हुँदा विदेशी ८४ भएका छन् । यो वर्ष नेपाली चलचित्रका दर्शक उलेख्य रूपमा बढेको चलचित्र वितरक तथा प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो वर्ष दसैँ र तिहारमा प्रदर्शन भएका चलचित्रले दर्शकलाई चलचित्र भवनमा तान्न सफल भए । स–परिवार नै चलचित्र हेर्न आएको पाइयो । पारिवारिक चलचित्रले दर्शक बढाउन महत्त्वपूर्ण भूमिका खेलेको जस्तो लागेको छ । यस वर्षको सफलताले आउँदो वर्ष चलचित्र निर्माणमा वृद्धि हुनेछ ।”

उहाँले चलचित्र भवन सञ्चालक (प्रदर्शक) ले यसवर्ष १८ घण्टाभन्दा बढी काम गरेको बताउनुभयो । वर्षको अन्तिममा प्रदर्शन भएका चलचित्रले राम्रो सुरूआत गरेका छन् ।

यस्तै, आउँदो वर्ष विसं २०८२ को सुरूआती दिन वैशाख १ मा समग्र चलचित्रको व्यापार राम्रो हुने निर्देशक पुर्नेन्दु झाको बुझाइ छ । उहाँले आउँदो वर्ष नेपाली चलचित्रका लागि महत्त्वपूर्ण भएको बताउनुभयो ।

“यो वर्ष प्राप्त सफलताले नयाँ र पुराना दुवै चलचित्रकर्मीको सक्रियता निर्माणमा बढेको छ, आउँदो वर्ष ती चलचित्रकर्मीले चलचित्र लिएर दर्शकसम्म आउनु हुनेछ । नयाँ दर्शकलाई आकर्षित गर्न सके आउँदो वर्ष नेपाली चलचित्रले नयाँ सुरूआत गर्नेछ । यो वर्षको व्यावसायिक सफलतालाई नाघ्नु नै चुनौती देखिएको छ”, निर्देशक झाले भन्नुभयो ।

उहाँ आउँदो वर्ष विसं २०८२ ले यस वर्ष बनेको बजारको आकार बढाउन सक्नुपर्नेमा जोड दिनुभयो । आउँदो वर्ष विसं २०८२ मा ८० हाराहारीमा चलचित्र प्रदर्शन हुने अनुमान चलचित्रकर्मीले गरेका छन् ।

‘बक्सअफिस’ मा रहेको तथ्याङ्कअनुसार ५९ नेपाली चलचित्रले कूल कमाइ रू एक अर्ब ८० करोड गरेको छ । तथ्याङ्क बाँकी रहेका तीन चलचित्र ‘वसन्त’, ‘पिताम्बर’ र ‘कर्मा’ सहित प्रदर्शनरत अन्य नेपाली चलचित्रको व्यापार (ग्रस) पाँच करोड भएको अनुमान चलचित्रकर्मीको छ । यस कारण नेपाली बजारको आकार रू एक अर्ब ८५ करोडको हाराहारीमा पुगेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मिश्र र प्रसाईंसहितलाई थप सात दिन हिरासतमा राख्न अनुमति रूसद्वारा युक्रेनमा १५० ड्रोन प्रहार, ट्रम्पले पुटिनको ‘शान्ति प्रस्ताव’मा उठाए प्रश्न हतकडीसहित एक महिला अभियुक्त फरार अर्थतन्त्रका आन्तरिक चुनौती कायमै छन्ः कामु गभर्नर ढुङ्गाना ‘सुशासन कायम गर्न साझा प्रतिबद्धता आवश्यक छ’ सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा ‘गणतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने बेला आएको छ’ संवैधानिक परिषद् विधेयक राष्ट्रियसभा राष्ट्रियसभाः ‘सरकारले जनताका पक्षमा कानुन बनाउने छ’ स्थानीय तहमा आपत्कालीन गोदाम घर बनाउनुपर्नेमा जोड फेन्चाइज प्रतियोगिताले फुटबलमा ल्याएको उत्साह राष्ट्रिय हक्की वैशाख १७ देखि हुने शिक्षकका मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण सुडी समाज काठमाडौँको अध्यक्षमा महतो निर्वाचित सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट बनाउनुपर्नेमा ऊर्जामन्त्रीको जोड नेप्से परिसूचकमा सामान्य सुधार ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’ माओवादी केन्द्रले शिक्षकहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै भर्त्सना गरे मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई तीन दिनसम्म थुनामा रहने