साउन २७, काठमाडौँ | लालिगुराँस एल्बममा रहेको पप गीत  "के यो माया हो" को म्युजिक भिडियो सार्बजनिक भएको छ । बिगत लामो समय देखि नै नेपाली गीत संगीतमा प्रवेश गरेका लालिग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २७, काठमाडौँ | लालिगुराँस एल्बममा रहेको पप गीत  "के यो माया हो" को म्युजिक भिडियो सार्बजनिक भएको छ । बिगत लामो समय देखि नै नेपाली गीत संगीतमा प्रवेश गरेका लालिग"/>

2026-10-10 07:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“के यो माया हो” को म्युजिक भिडियो सार्बजनिक

साउन २७, काठमाडौँ | लालिगुराँस एल्बममा रहेको पप गीत  “के यो माया हो” को म्युजिक भिडियो सार्बजनिक भएको छ । बिगत लामो समय देखि नै नेपाली गीत संगीतमा प्रवेश गरेका लालिगुराँस टिमले पहिलो गीतको म्युजिक भिडियो सार्थक डिजिटल म्युजिक प्रा.लि. मार्फत सार्बजनिक गरेका छन् । 

सुबिर पन्तको संगीत, रोहित बस्नेतको शब्द रचना रहेको उक्त गीतमा आवाज चर्चित गायक नेपाली तारा-२, सन्तोष लामा र मेलिना राईको रहेको छ । लालिगुराँस टिममा रोहित बस्नेत, सुबिर पन्त, सन्जित कुमार रायमाझी र जीवन पन्त रहेका छन् । उक्त टिमका संगीतकार सुबिर पन्त लन्डनमा छन् भने सन्जित जापानमा छन् साथै गीतकार रोहित बस्नेत र गायक जीवन पन्त नेपालमै छन् । १९९० देखिको गीत संगीतको यात्रा करिब २७ बर्ष पछाडी पूरा गर्दैछन् यो गीत मार्फत उक्त टिमले। लन्डन मै आफ्नो ब्यक्तिगत होम रेकर्डिङ स्टुडियो खोलेर आफ्नो गीत रेकर्ड गर्ने चाहाना पूरा गरेका सुबिर पन्त नेपाल बाटै पहिलो पटक आफ्नो गीत रेकर्ड भै भिडियो सार्बजनिक हुँदा निक्कै हर्षित छन् ! पछिल्लो समयको जल्दोबल्दो म्यूजिक कम्पनि “सार्थक डिजिटल”ले बजारमा ल्याएको उक्त गीतमा मोडल भेष राज गौतम र उर्मिला रायमाझिको बेजोड अभिनय देख्न पाईन्छ । संगीतकार सुबिर पन्तको एकल संगीत रहेको लालिगुराँस एल्बम केही अगाडि रिपोर्टस क्लबमा भब्यताका साथ सम्पन्न भएको थियो। मेलिना राई र सन्तोष लामा पछिल्लो समयमा गायन  क्षेत्रमा जमेको नाम हो । नेपाली कला क्षेत्रको बिकासमा उहाँहरुको देन अनुकरणीय रहनेमा दुईमत छैन् । यस गीतको छायांकन चितवनको रमणीय स्थलमा भएको हो । 

“के यो माया हो” गीत झट्ट सुन्दा चलचित्रको जस्तो सुनिए पछि हामिले सार्थक डिजिटलका प्रबन्ध निर्देशक जीवन पन्तलाई किन चलचित्रमा नदिनु भएको त उक्त गीत भनेर सोध्दा गीत फिल्मको लागि सुहाउने खालको छ र कुरा पनि आएको हो, कुरा नमिले पछि आफैले छायांकन गरेको बताए । लाखौं दर्शक तथा स्रोताको मन जित्न सफल हुनेमा कुनै दुबिधा छैन भन्नू हुन्छ उहाँ । उक्त गीतको छायांकन नरेन्द्र सिंह र सम्पादन निशान घिमिरेले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने