५ असार २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘हेराफेरी ३’मा कामगर्न अस्वीकार गरेपछि परेश रावल विरुद्ध मुद्दा, २५ करोड रुपैयाँ माग

७ जेष्ठ २०८२, मंगलवार १७:०२

काठमाडौँ । बलिउड फिल्म ‘हेराफेरी ३’ केही समयदेखि चर्चामा छ। हालै अभिनेता परेश रावलले यो फिल्ममा काम गर्न अस्वीकार गरेका थिए। यसैबीच, अक्षय कुमारले आफ्नो प्रोडक्सन हाउस केप अफ गुड फिल्म्स मार्फत परेश रावललाई कानुनी सूचना पठाएको खबर बाहिरिएको छ। जुन सूचनामा उनले फिल्मको छायांकन बीचैमा छोडेर अव्यवसायिक तरिका अपनाएकोमा २५ करोड भारतीय रुपैयाँ माग गरेका छन्।

खासमा अक्षय कुमार यस फिल्मका मुख्य अभिनेताका साथै निर्माता पनि हुन्। उनले फिरोज नाडियाडवालाबाट फिल्म ‘हेराफेरी ३’ को अधिकार कानुनी रूपमा खरिद गरेका छन्।

एचटीको रिपोर्ट अनुसार, मुद्दासँग सम्बन्धित एक कानुनी स्रोतले भन्यो, ‘परेश रावलले आफ्नो पेशागत जिम्मेवारी राम्ररी पूरा गरेनन्। यदि उनी फिल्म गर्न चाहँदैनथे भने सुटिङ सुरु हुनुभन्दा अगाडि र पैसा खर्च हुनुभन्दा अगाडि नै उनले अस्वीकार गर्नुपर्थ्यो। अब बलिउडमा यो कुरा स्पष्ट पार्नुपर्ने समय आएको छ कि हलिउडमा जस्तै यहाँ पनि कोही पनि आफ्नो इच्छाले फिल्म छोड्न सक्दैन।’ स्रोतका अनुसार यो फिल्मका लागि उनलाई सामान्य पारिश्रमिकभन्दा तीन गुणा बढी पारिश्रमिक दिइँदैछ।

बलिउड हंगामाको रिपोर्ट अनुसार, परेश रावल आफैंले फिल्म हेरा ‘हेराफेरी ३’ छोडेको पुष्टि गरेका छन्। मिडिया रिपोर्टका अनुसार फिल्म छोड्नुको कारण निर्माताहरूसँगको रचनात्मक मतभेद रहेको बताइएको छ। यसअघि अक्षय कुमारले पनि २०२२ मा फिल्मबाट पछि हटेका थिए, जसले दर्शकहरूलाई निराश बनायो, तर पछि उनी फिल्ममा फर्किए। त्यस्तै, परेश रावलले पनि पुनरागमन गर्न सक्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफताब आलमलाई सफाइ दिने न्यायाधीश सर्वोच्च तानिए उत्तर कोरियाद्वारा इरानमाथि इजरायली आक्रमणको निन्दा सांसद मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत उजुरी, दर्ता प्रक्रिया बाँकी दक्षिण–पश्चिम भारतमा सडक दुर्घटना, ९ जनाको मृत्यु इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन अस्ट्रेलियाको जनसङ्ख्या वृद्धि ३ वर्षकै न्यून सोह्र वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा जेनेभामा शुक्रबार आणविक वार्ताका लागि इरानलाई भेट्ने युरोपेली विदेशमन्त्रीहरूको लक्ष्य अदालतले माग्यो नेपाल खबरलाई समाचार नहटाउनुको कारण आयोडिनयुक्त नूनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह कारोबार रकम वृद्धि हुँदा, दोहोरो अंकले घट्यो नेप्से परिसूचक आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार संयोजकलाई पुनः पुरानै जिम्मेवारी भारतको गुजरातमा दुर्घटनाग्रस्त ‘एयर इन्डिया विमान’ दुर्घटनाको कारण प्रतिनिधिसभाः नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस इजरायल र इरानबीचको युद्धमा नेपालीको सुरक्षा र उद्धारप्रति सरकारको ध्यानार्कषण धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु जेनेभामा शुक्रबार आणविक वार्ताका लागि इरानलाई भेट्ने युरोपेली विदेशमन्त्रीहरूको लक्ष्य ‘सीपयुक्त जनशक्ति नभएसम्म मुलकको विकास हुन सक्दैन’ सरकारको प्रतिनिधित्व नभएपछि ‘रुलिङ; गर्न सांसदको माग ‘देश विकासका लागि परिवर्तकारी शक्ति एकै ठाउँमा हुनुपर्छ’: महासेठ