2026-10-10 07:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलको फाइनल कतारमा हुने, सुजाताले छाडिन् आइडलको मंच

साझा सबाल | भदौ ९, काठमाडौँ | नेपालकै टेलिभिजन इतिहाँसमा सर्वाधिक लोकप्रिय बनिरहेको नेपाल आइडलको फाइनल कार्यक्रम कतारमा हुने भएको छ ।

यसै बीच आज भएको नेपाल आइडलको कार्यक्रमको Top-5 बाट सुजाता बाहिरिएकि छन् । नेपाल आइडलकै टप ५ मध्ये एक मात्र महिला प्रतिष्पर्धीको रुपमा रहेकी उनि कम भोट पाएको आधारमा वाहिरिएकि हुन् । सुजाता यस अघि पनि बटम-3 मा परिसकेकी प्रतिश्पर्दी भएपनि एक मात्र महिला प्रतिष्पर्धीको रुपमा रहेकीले टप-3 सम्ममा आउने विश्वास गरिएकी थियो । तर उनि त्यस अघिनै बाहिरिन पुगेकी छन् ।

एपी-1 एचडी टेलिभिजनमा प्रसारित नेपाल आइडलको आजको कार्यक्रममा पहिलेनै वाहिरिसकेका टप-१२ प्रतिष्पर्धीहरु उपस्थित रहेका थिए । आजको नेपाल आइडलमा ‘गेष्ट जज’को रुपमा गायक रामकृष्ण ढकाल उपस्थित भएका थिए । कार्यक्रमको सुरुवातमा विलसन् श्रेष्ठ र राहुल विश्वासले आफ्नो प्रस्तुति दिए ।

त्यसपछी मंचमा आएका यसअघि नै नेपाल आइडलबाट बाहिरिईसकेका ‘सुरज थापा र मेनुका पौडेलले रामकृष्ण ढकालको ‘झरना भइ झर्दै आउ…’ बोलको गीतमा आफ्नो प्रस्तुति दिए । मेनुकाको गायनमा प्रभावित बनेका गायक ढकालले कार्यक्रम मार्फत मेनुका पौडेलसँग ‘डोएट’ गीत गाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमा गायक ढकालले भने – ‘मेरो कमिटमेन्ट भयो, म मेनुकासँग डोएट गीत गाउँछु ।

त्यस्तै कार्यक्रममा यस अघिनै वाहिरिईसकेकी प्रमिला राई र टप-5 भित्रै रहेका बुद्ध लामाले आफ्नो प्रस्तुति दिए । उनिहरुले रामकृष्ण ढकालकै ‘मायाँ गर्नेको चोखो मायाँ पनि देखियो…’ बोलको गीत गाए । आजको कार्यक्रममा दर्शकको कम भोट पाएको आधारमा पहिलो पटक बुद्ध लामा बटम-3 मा परे । यस अघिको गाला राउण्डको कार्यक्रममा पहिलो पटक निशान भट्टराई बटम-3 मा परेका थिए ।

त्यस्तै कार्यक्रममा नेपाल आइडलको टप-5 भित्रै रहेका प्रताप दाशसँग प्रस्तुति दिन यसअघि नै वाहिरिईसकेकी केन्जल श्रेष्ठ आइन् । तर कार्यक्रममा प्रताप दास चौथो पटक बटम-3 मा परे । तर उनि आजको कार्यक्रमबाट भने सुरक्षित भएर टप-4 मा पर्न सफल बनेका छन् ।

त्यसपछी टप -5 भित्रकै निसान र सुजाता पाण्डेले आफ्नो प्रस्तुति दिए । उनीहरुले गायक रामकृष्ण ढकाल र लता मंगेस्करको आवाज रहेको गीत ‘बाचुन्जेलीलाई…’ बोलको गित प्रस्तुत गरे । कार्यक्रममा निकै राम्रो गायन प्रस्तुति गरेको भन्दै तारिफ पाएकी सुजाता भने जनताको भोटको आधारमा आज बटम-3 मा परिन् । तर दुर्भाग्य उनि बटम-3 मा मात्र नपरी नेपाल आइडलकै मंचबाट बाहिरिन पुगिन् ।

सुजाता र निशानको प्रस्तुति हेरिसकेपछी कार्यक्रममा गायक रामकृष्ण ढकालले निशान भट्टराईको गायन कला र स्वरको खुलेर तारिफ गरे । गायक ढकालले प्रताप दास र निशान भट्टराईको गायन खुबीलाई चिनेर भोट गर्नुपर्ने भन्दै हाम्रोलाई भन्दा राम्रोलाई छान्नुपर्ने आम दर्शकहरुलाई सुझाव दिए ।

त्यसपछी कार्यक्रममा सन्ध्या जोशी र सागर आलेले प्रस्तुति दिए । सन्ध्या जोशी यस अघिनै नेपाल आइडलबाट बाहिरिईसकेकि प्रतिष्पर्धी हुन् । उनलाई आजको कार्यक्रममा क्याटवाक समेत गराइएको थियो । सागर आले भने प्रस्तुति अघि नै आफु टप-4 मा पुगेको थाहा पाएर दंग थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने