2026-10-10 07:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलले किन दियो – ४ जना मध्ये जो कोहिलाई पनि शोबाट हटाउने चेतावनी ?

काठमाडौँ | नेपाल आइडलको फाइनल कार्यक्रम नजिकिंदै गर्दा प्रतियोगीलाई विभिन्न जातिगत ट्याग भिराई बिभिन्न खाले प्रतिक्रिया दिएर बिबादित बनाउने कसरत भएका छन् । पछिल्लो समय नेपाल आइडलमा प्रतियोगीको रुपमा देखा परेका ४ जना प्रतिष्पर्धीहरुलाई जातिगत आधार हेर्दै बिभिन्न सकारात्मक तथा नकारात्मक टिकाटिप्पणी भएका छन् ।  

धेरैले आफुलाई मन परेको प्रतिष्पर्धी आइडललाई जिताउन नानाथरी प्रपन्च रचेको बेला नेपालकै पहिलो अन्तराष्ट्रिय स्तरको कार्यक्रमको सानलाई गिराउने क्रियाकलाप भएको बुझिएको छ । नेपाल आइडलको ग्रान्ड फिनाले कतारमा हुने तय भइसकेको अवस्था नेपाल आइडल प्रतियोगिता मान्छेहरुको बिभिन्न आग्रह-पूर्वाग्रहको कारण बिवादित बन्दै गएको छ । नेपाल आइडलले यो विशुद्ध प्रतियोगितात्मक कार्यक्रम भएकाले यसमा बिरोध गर्न नहुने तथा प्रतियोगी मध्ये कसैले नियम बिपरित गर्न खोजे शो बाट हटाउनसम्म सक्ने धारणा सामाजिक संजालमार्फत दिएको छ । उसले भनेको छ – ‘Nepal Idol एक अन्तराष्ट्रिय शो हो, यसको अाफ्नै नियम र तरिका हुन्छ । अरू पर्दा ठीक, अाफु पर्दा बेठीक र अाफ्नो जात, धर्म अनि समुदायको हुँदा ठीक अरूको हुँदा बेठीक भनि यसको दुष्प्रचार गरेर यसमा रहेका देशकै अाईडलहरुलाई एक समुदाय वा एक जातीमामात्र सीमित गर्ने अधिकार कसैलाई छैन । यदि कुनै प्रतियाेगि वा प्रतियाेगिको सम्बन्धित कसैले त्यस्तो गरेमा सो प्रतियोगिताबाट दावेदारी खारेज हुनसक्छ ।’ 

दर्शकहरुको भोटले नै हो नेपाल आइडल चुन्ने भन्दै नेपाल आइडलले निर्णायक मण्डलले कुनै व्यक्ति विशेषलाई समर्थन गर्‍यो भनेर सामाजिक सञ्जालमा रोइलो काढ्नेहरुको बिषयमा आफ्नो स्टाटस केन्द्रित गरेको छ । आफुलाई बिबादित बनाउदै लागेपछि यसै बिषयमा नेपाल आइडलको आधिकारिक फेसबुक पेज मार्फत निकै गहन स्टाटस पोष्ट भएको बुझ्न सकिन्छ । जसमा नेपाल आइडल हेरेर स्वतन्त्र ढंगले भोट गरि आफुलाई मन पर्ने गायन प्रतिभालाई जिताउन अनुरोध समेत गरिएको छ । 

नेपाल आइडलको आधिकारिक फेसबुकमा मंगलबारको स्टाटस यस्तो छ:-  

Nepal Idol एक अन्तराष्ट्रिय शो हो, यसको अाफ्नै नियम र तरिका हुन्छ । अरू पर्दा ठीक, अाफु पर्दा बेठीक र अाफ्नो जात, धर्म अनि समुदायको हुँदा ठीक अरूको हुँदा बेठीक भनि यसको दुष्प्रचार गरेर यसमा रहेका देशकै अाईडलहरुलाई एक समुदाय वा एक जातीमामात्र सीमित गर्ने अधिकार कसैलाई छैन । यदि कुनै प्रतियाेगि वा प्रतियाेगिको सम्बन्धित कसैले त्यस्तो गरेमा सो प्रतियोगिताबाट दावेदारी खारेज हुनसक्छ । यदि त्यस्तो हुन गएमा त्यसको जिम्मेवारी कसले लिने ? भोटिगं विशुद्ध हुन्छ, त्यहि नै यो शोको सुन्दरता हो । कसैको सनक वा अरण्ड्य रोदनको भरमा Fremantle Media Ltd. ले नेपालका लागि भनेर यसको फरमेट र तोकेको नियम परिवर्तन गर्न सक्दैन, त्यसैले शो लाई विवादित बनाउँदै जाँदा यदि नेपाल अाईडलको कुनै प्रतियोगिलाई असर पर्ने भयो भने यति दुख गरेर सफलताको यो शिखरसम्म पुगेका नेपाल अामाका यी उत्कृष्ट सन्ततीहरुको पीडाको भागीदार को बन्ने ? त्यसैले शो को मजा लिअौं, मन पर्नेलाई भाेट गरौ, जिताअौं, नेपाल अाईडलको गरिमालाई कुनै एक जाती वा समुदायमा नखुम्चाअौ । AP1 र नेपाल अाईडलका लागि सबै प्रतियोगि एकसमान छन् र रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने