भदौ १५, काठमाडौँ | नेपाल आइडलको फाइनल कार्यक्रम नजिकिंदै गर्दा प्रतियोगीलाई विभिन्न जातिगत ट्याग भिराई बिभिन्न खाले प्रतिक्रिया दिएर बिबादित बनाउने कसरत भएपछी आज भएको कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, काठमाडौँ | नेपाल आइडलको फाइनल कार्यक्रम नजिकिंदै गर्दा प्रतियोगीलाई विभिन्न जातिगत ट्याग भिराई बिभिन्न खाले प्रतिक्रिया दिएर बिबादित बनाउने कसरत भएपछी आज भएको कार्य"/>
2026-10-10 07:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलमा जातिगत आलोचना भएपछी जजले फेरिदिए चारै जनाको थर

भदौ १५, काठमाडौँ | नेपाल आइडलको फाइनल कार्यक्रम नजिकिंदै गर्दा प्रतियोगीलाई विभिन्न जातिगत ट्याग भिराई बिभिन्न खाले प्रतिक्रिया दिएर बिबादित बनाउने कसरत भएपछी आज भएको कार्यक्रमका जज (निर्णायक) काली प्रसाद बास्कोटाले चारै जना प्रतियोगीहरुको थर फेरिदिएका छन् । बास्कोटाले हामी सबै नेपाली भएको भन्दै सबै प्रतियोगीहरुको नाम उच्चारण गर्दै नामको पछाडी नेपाली जोडिदिएका हुन्। उनले क्रमश चारै जना प्रतीश्पर्धिहरु तर्फ इशारा गर्दै भने – ‘प्रताप दास ‘नेपाली’ निसान भट्टराई ‘नेपाली’, बुद्ध लामा ‘नेपाली’, सागर आले ‘नेपाली’।

आजको कार्यक्रममा नेपाल आइडललाई बिबादित बनाएर राजनीतिको नमिठो अभ्यास गायन क्षेत्रमा गरिएको बताइएको छ । त्यस्तै आजको कार्यक्रममा गत कार्यक्रममा अथिति जजको रुपमा आउनुभएका गायक रामकृष्ण ढकाललाई बिनासित्ति बिबादित बनाउने प्रयास भएको बताइएको छ । यस बिषयमा बोल्दै गायक राजेश पायल राईले गायक ढकालले कुनै गलत काम नगरेको भन्दै एउटा अभिव्यक्तिकै कारण उनको योगदान बिर्सन नहुने बताए । उनले भने नेपालमा गायन क्षेत्रमा कुनै जाति गत विभेद नभएको भन्दै त्यसमा पनि जातिगत कुरा घुसाइएको बताए ।

पछिल्लो समय नेपाल आइडलमा प्रतियोगीको रुपमा देखा परेका ४ जना प्रतिष्पर्धीहरुलाई जातिगत आधार हेर्दै बिभिन्न सकारात्मक तथा नकारात्मक टिकाटिप्पणी भएपछी कार्यक्रममा त्यस बिषयमा पटक-पटक सन्दर्भ उठाइएको थियो ।

नेपाल आइडलले यस अघि सामाजिक संजाल मार्फत एक स्टाटसमा यो विशुद्ध प्रतियोगितात्मक कार्यक्रम भएकाले यसमा बिरोध गर्न नहुने तथा प्रतियोगी मध्ये कसैले नियम बिपरित गर्न खोजे शो बाट हटाउनसम्म सक्ने चेतावनी समेत दिएको थियो । 

आजको कार्यक्रममा ४ जना प्रतियोगीहरुले २/२ फरक प्रस्तुती दिएका थिए । प्रतियोगीहरुले आफ्नो गायनसंगै आफ्नो लागि भोट समेत मागे । कार्यक्रममा आज निसान भट्टराई ‘पर्फर्मर्स अफ द डे’ बन्न सफल बनेका छन् । यस संगै नेपाल आइडलको टप -४ को लागि शुक्रबार दिनको १२ बजेसम्मको लागि भोटिङ खुलेको छ । दर्शकले टप-4 मा रहेका प्रतियोगीहरुलाई बढी भन्दा बढी भोट दिएर जिताउन सक्छन् । भोटकै आधारमा शुक्रबार बेलुका हुने कार्यक्रममा १ जनाले नेपाल आइडलबाट बाहिरिनुपर्ने हुन्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने