भदौ १६, काठमाडौँ | नेपाल आइडलको टप-4 मध्ये आजको कार्यक्रमबाट को बाहिरिएला भनेर निकै उत्सुक भएर टेलिभिजन हेरेका दर्शकहरु अन्त्यमा नमज्जाले झुक्किएका छन् । चा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, काठमाडौँ | नेपाल आइडलको टप-4 मध्ये आजको कार्यक्रमबाट को बाहिरिएला भनेर निकै उत्सुक भएर टेलिभिजन हेरेका दर्शकहरु अन्त्यमा नमज्जाले झुक्किएका छन् । चा"/>
2026-10-10 07:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

को बाहिरिएला भन्दै नेपाल आइडल हेरेका लाखौँ दर्शकहरु नमज्जाले झुक्किए !

भदौ १६, काठमाडौँ | नेपाल आइडलको टप-4 मध्ये आजको कार्यक्रमबाट को बाहिरिएला भनेर निकै उत्सुक भएर टेलिभिजन हेरेका दर्शकहरु अन्त्यमा नमज्जाले झुक्किएका छन् । चार प्रतिष्पर्धी निसान भट्टराई, सागर आले, बुद्ध लामा र प्रताप दास मध्ये आज एक जना नेपाल आइडलबाट बाहिरिने भन्दै उत्सुक भएर टेलिभिजन हेरेका दर्शकहरु कार्यक्रमको अन्त्यमा चारै जनालाई फाइनलसम्म लाने निर्णायकहरुको निर्णयले झूक्कीएका हुन् । 

आजको कार्यक्रम गीतकार बसन्त चौधरीको ‘शान्ति लुकाउँ कहाँ…’ बोलको गीतबाट नेपाल आइडलका चारै जना प्रतिष्पर्धीको साथ सुरु गरिएको थियो । कार्यक्रमको सुरुवातसँगै निसान भट्टराईको सुरुवातमा अर्का प्रतिश्पर्धी बुद्ध लामाले ‘मलाई दिईसकेको दिल…’ बोलको गित प्रस्तुत गरेका थिए ।

त्यसपछि नेपाल आइडलमा भदौ २३ गते रिलिज हुने चलचित्र ‘२ रुपैयाँ’ को प्रमोसनको लागि नेपाल आइडलको स्टेजमा चलचित्रका नायक द्वय निश्चल बस्नेत र आशिक साह देखा परे । स्टेजमा निश्चलले चलचित्रको अत्यन्त ख्यातीप्राप्त गित ‘कुटुमा कुटु सुपारी दाना..’ बोलको गित गाए भने आशिकले आफुले चलचित्र दुईरुपयाँमा नाचेको बिषयलाई रमाइलो रुपमा प्रस्तुति दिएका थिए । 

कार्यक्रममा त्यसलगत्तै सागर आलेको सुरुवातमा निसान भट्टराईले ‘गुलाबको फुल भन्थें…’ बोलको गीत प्रस्तुत गरे । त्यसपछि कार्यक्रममा सागर आलेको सुरुवातिमा प्रताप दासले ‘आउ-आउ…आउ न…’ बोलको गितमा प्रस्तुति दिए । 

त्यस्तै बुद्ध लामाको सुरुवातीमा प्रताप दासले ‘मेरी प्रिया  …’ बोलको गीत पुरा गरे । यति खेरसम्म कार्यक्रममा क-कसले कम भोट पाएका छन् भन्नेबारे कुनै खुलाशा गरिएन । प्रतिष्पर्धीहरुको आग्रहमा कार्यक्रममा चार जना मात्र प्रतिष्पर्धी रहेकाले बटम -3 मा को-को परे भन्ने बिषयमा खुलाशा नगरिएको बताइएको थियो ।

कार्यक्रमको अन्त्यतिर मात्र नतिजाको बिषयमा यस्तो खुलाशा भयो । जसमा नेपाल आइडलका जजहरुको निर्णयमा ‘नो एलिमिनेसन’ घोषणा गरियो । जसको कारण प्रतिष्पर्धी चारै जनालाई फाइनलमा लागिएको छ । 

नेपाल आइडलको Top-4 को आजको कार्यक्रमको लागि मात्र आ-आफ्नो मनपरेका प्रतिष्पर्धी (४ जना) को लागि ३७ लाख २० हजार २८४ मत आएको थियो । 

यसैबीच नेपाल आइडलको कतारमा हुने फाइनलमा टप-१२ प्रतिष्पर्धीको प्रस्तुति हेर्न सकिने भएको छ । साथै एपी-1 टेलिभिजनमार्फत विश्वभर प्रत्यक्ष प्रशारण हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने