भदौ १७, काठमाडौँ | शुक्रबार भएको नेपाल आइडलको कार्यक्रम पछी लाखौँ दर्शकहरु रुष्ट भएका छन् । कार्यक्रम हेरेपछि हजारौंको संख्यामा सामाजिक संजाल प्रयोगकर्ताहरुमार्फ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौँ | शुक्रबार भएको नेपाल आइडलको कार्यक्रम पछी लाखौँ दर्शकहरु रुष्ट भएका छन् । कार्यक्रम हेरेपछि हजारौंको संख्यामा सामाजिक संजाल प्रयोगकर्ताहरुमार्फ"/>
2026-10-10 07:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कमाउ धन्दामा नेपाल आइडल !’ शुक्रबारको कार्यक्रमपछी दर्शकमा आक्रोश

भदौ १७, काठमाडौँ | शुक्रबार भएको नेपाल आइडलको कार्यक्रम पछी लाखौँ दर्शकहरु रुष्ट भएका छन् । कार्यक्रम हेरेपछि हजारौंको संख्यामा सामाजिक संजाल प्रयोगकर्ताहरुमार्फत नेपाल आइडल प्रति ‘कमाउ धन्दा’ भन्दै नकारात्मक टिप्पणी उठाइएको छ । 

हुनत नेपाल आइडलको बिषयलाई लिएर आजसम्म बिभिन्न टिकाटिप्पणी भएका छन् तर शुक्रबारको कार्यक्रममा निर्णायकहरुको निर्णय भन्दै नाटक गरिएको आरोप लगाईएको छ । यसअघिको कार्यक्रममा बटम ३ को नाम भन्दै राम्रो भोट आउनेलाई ‘सेभ’ भनिदै आएपनि कार्यक्रमको सुरुवातदेखि नै कम भोट आउनेको नाम गोप्य राखिएको थियो । कार्यक्रमको मध्ये भागमा किन बटम ३ को नाम घोषणा नगरिएको भन्ने स्पष्ट पार्ने प्रयास भएपनि अन्त्यमा निर्णायकहरुको समेत ‘नो एलिमीनेसन’को निर्णयले शुक्रबारको नेपाल आइडल आयोजकको नाटक भएको आलोचकहरुको विश्लेषण छ । 

शुक्रबारको कार्यक्रममा एक जना बाहिरिने बताईएको भएपनि चारै जनालाई फाइनल चरणसम्म भोट हाल्न पाउने घोषणा गरेपछि नेपाल आइडललाई कतिपयले भोटनै नहाल्न अपिल समेत गरेका छन् । कार्यक्रमको सुरुवातदेखि नै कसको मत कस्तो आएको छ भन्नेसम्म जानकारी नगराउनु र आजको कार्यक्रमबाट एक जना बाहिरिने भन्दै सुरु गरिएको कार्यक्रममा सबैजनालाई फाइनलसम्म भोट हाल्न पाउने निर्णय गरिनुले नेपाल आइडलले भोट मार्फत अझै ‘कमाउ धन्दा’ जारी राख्न ‘नो एलिमिनेशन’ को निर्णय गरिएको हुनसक्ने संकेत देखाएको छ । यसलाई कतिपयले पुर्व निर्धारित डिजाइन भनेका छन् भने कसैले ‘कतार जान पैसा नपुगेको’ भन्दै तीखो अभिव्यक्ति दिएका छन् । 

सामाजिक संजालमा एक जना प्रयोगकर्ताले नसुती-नसुती नेपाल आइडल हेरेको तर अन्त्यमा निकै खल्लो महशुस भएको प्रतिक्रिया दिएका छन् । त्यस्ता अर्का एक जनाले निर्णायकहरुले आफुलाई मन परेको प्रतिष्पर्धी बाहिरिने थाहा पाएर ‘नो एलिमिनेसन’ घोषणा गरिएको भन्दै आलोचना गरेका छन् । त्यस्तै अर्की एक जना महिलाले फेसबुक मार्फत ३७ लाख भन्दा बढी जनताले दिएको भोटमा नेपाल आइडलले चलखेल गरेको भन्दै आलोचना गरेकी छन् । यी माथिका केहि प्रतिनिधि प्रतिक्रिया मात्र हुन् । समग्रमा शुक्रबारको कार्यक्रमलगत्तै सामजिक संजालमा देखिएको आक्रोशले नेपाल आइडलले आजसम्म बनाएको छवीलाई ह्वात्तै तल झार्ने स्पष्ट संकेत देखाएको छ । 

नेपाल आइडलले कार्यक्रममा ‘नो एलिमिनेसन’को निर्णयले लाखौँ भोटकर्ता जनतामा कस्तो छाप पर्न सक्छ भन्ने नबुझी निर्णय गरिदिँदा दर्शक आक्रोशित भएका छन् । अझै यस बिषयमा सनिबार बिहान देखिनै नेपाल आइडल प्रति दर्शकको कस्तो प्रतिक्रिया आउने हो हेर्न भने बाँकी छ । 

हेर्नुस् कस्ता छन् सामाजिक संजालमा प्रतिक्रिया 











प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने