भदौ १८, काठमाडौं । बिगतका बर्ष जस्तै यसबर्षपनि ‘राष्ट्रिय संगीतकर्मि संघ’ले बिभिन्न दुईदर्जन बढी कलाकारहरुलाई सम्मान गरेको छ । गत शनिबार राजधानीको राष्ट्रि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १८, काठमाडौं । बिगतका बर्ष जस्तै यसबर्षपनि ‘राष्ट्रिय संगीतकर्मि संघ’ले बिभिन्न दुईदर्जन बढी कलाकारहरुलाई सम्मान गरेको छ । गत शनिबार राजधानीको राष्ट्रि"/>

2026-10-10 07:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई दर्जन बढी कलाकारलाई संगीतकर्मि संघको सम्मान


भदौ १८, काठमाडौं । बिगतका बर्ष जस्तै यसबर्षपनि ‘राष्ट्रिय संगीतकर्मि संघ’ले बिभिन्न दुईदर्जन बढी कलाकारहरुलाई सम्मान गरेको छ । गत शनिबार राजधानीको राष्ट्रिय नाँचघरमा एक कार्यक्रमका बिच ३३ जना कलाकारहरुलाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा दर्जनबढी समाजसेवीहरुलाई पनि सम्मान गरिएको थियो ।

गायक प्रकाश कटुवाल, रबिन लामिछाने, सागर गुरुङ, अमृत खाती, दिपेन्द्र सिटौला, चन्द्र प्र. भट्टराई, सरिता शाही, निरु कार्की, गीता शाही, रुपक थापा, सुमित्रा लामा, प्रेम अर्याल, बिशाल रायमाझि, कृष्ण रेउले, एलिना रायमाझि, दिपसागर थापा, सुजन लम्साल, निरु पराजुली, सुमन परियार लगायतका कलाकारहरुलाई कार्यक्रममा प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री तथा पुर्व गृहमन्त्री बामदेव गौतमको हातबाट सम्मान पत्र प्रदान गरिएको थियो । 

प्रमुख अतिथि गौतमले नेपालमा तथा विश्वमै कलाकारहरुलाई जहाँपनि सम्मान गर्ने र नेताहरुलाई जहाँपनि हेला गर्ने भन्दै नेताहुनु नराम्रो धारणा दिएका थिए । तर सबैको मन एकैनहुने र कतिलाई नेता र नेतृत्व मनपर्ने पनि बताएका थिए । ‘कलाकारहरुलाई पनि नेता मन पर्दो रहेछ त्यसैले त मलाई कार्यक्रमसम्म प्रमुख अतिथिको रुपमा बोलाइदिनुभयो ।’, गौतमले भने । आयोजक संस्था ‘राष्ट्रिय संगीतकर्मि संघ’का अध्यक्ष गायक नवराज घोरासैनीले आफ्नो संघले गीतसंगीतको क्षेत्रमा सदैव राम्रो काम गर्दै आएको र बिशेषतः नयाँ प्रतिभाहरुलाई स्वागत गर्दै गीतसंगीतको क्षेत्रलाई फराकिलो बनाउने उद्देश्य रहेको बताएका थिए । उनले प्रत्येक बर्ष गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका कलाकारहरुलाई सम्मान गर्दै आएको पनि बताएका थिए ।

त्यस्तै कार्यक्रमका संयोजक दुलालले पनि आफ्नो र संघको सम्पुर्ण सदस्यसाथीहरुको प्रयासबाट कार्यक्रम सफल भएको र स्रष्टाहरुलाई सम्मान गर्नपाउँदा खुसी लागेको बताएका थिए । कार्यक्रममा गीतसंगीतक्षेत्रका पुराना तथा नयाँ कलाकारहरुलाई पनि सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने