2026-10-06 11:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

निखिलको आगामी फिल्म ‘आचार्य’मा दुईजना बलिउड स्टार संजय दत्त र सुनिल सेट्टीमध्ये एक

काठमाडौँ । दर्शकले निखिल उप्रेतीको आगामी महत्वाकाङ्क्षी फिल्म ‘आचार्य’मा दुईजना बलिउड स्टार संजय दत्त र सुनिल सेट्टीमध्ये एकलाई देख्न पाउने भएका छन् ।

निर्देशक र पटकथा लेखक समेत रहेका निखिलले अनलाइनखबरसँग कुरा गर्दै संजय र सुनिलमध्ये एकलाई दर्शकले ‘क्यामियो रोल’मा देख्न पाउने जानकारी दिए । ‘यी दुईमध्ये एक फिल्ममा क्यामियो रोलमा देखिने सम्भावना छ’ उनले भने, ‘यसका लागि हामीले प्रयास गरिरहेका छौं ।’ क्यामियो रोल भएपनि फिल्मको बलियो भूमिकामा यी अभिनेता देखिने उप्रेतीले जनाए ।

यो महत्वपूर्ण कास्टिङको लागि उप्रेती अर्को साता मुम्बई जाँदैछन् । कथावस्तुको कारण यो फिल्ममा भारतीय कलाकार पनि प्रशस्तै हुने उनको भनाइ छ । फिल्मको शीर्ष भूमिकामा निखिल स्वयम र पूर्णिका सिजापति देखिँदैछिन् । व्यवसायिक मोडल समेत रहेकी पूर्णिकाले यो फिल्मबाट डेब्यु गर्दैछिन् ।

फिल्मका ९५ प्रतिशत कलाकारलाई साइन् गराइएको निखिलले बताए । ‘कलाकार लगभग सबैजसोलाई साइन गराइसकेका छौं’ उनले भने । उनका अनुसार यो एक्सन फिल्मको छायांकन जुलाईदेखि गर्ने तयारी छ । ‘यो सबै कुरा मौसममा निर्भर हुन्छ’ उनले भने ।

नेपाल र भारतमा छायांकन हुने फिल्मको छायांकन सुरुवात काठमाडौंबाट गर्ने जानकारी निखिलले दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो