बाबु राजु लम्साल र आमा विन्दु लम्साल को कोखबाट वि.सं. २०५५ साल वैशाख ५ गते कपिलवस्तु जिल्लाको बुड्ढि भन्ने ठाँउमा सामान्य परिवारमा जन्म लिएकि वर्षा लम्साल १८ वर्ष कै उमेरमा सांगिति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बाबु राजु लम्साल र आमा विन्दु लम्साल को कोखबाट वि.सं. २०५५ साल वैशाख ५ गते कपिलवस्तु जिल्लाको बुड्ढि भन्ने ठाँउमा सामान्य परिवारमा जन्म लिएकि वर्षा लम्साल १८ वर्ष कै उमेरमा सांगिति"/>
2026-08-20 05:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

लोक कला संस्कृतिलाई जोगाउनु मेरो उदेश्य हो: गायिका वर्षा लम्साल

बाबु राजु लम्साल र आमा विन्दु लम्साल को कोखबाट वि.सं. २०५५ साल वैशाख ५ गते कपिलवस्तु जिल्लाको बुड्ढि भन्ने ठाँउमा सामान्य परिवारमा जन्म लिएकि वर्षा लम्साल १८ वर्ष कै उमेरमा सांगितिक क्षेत्रमा प्रवेश गरेर यतिबेला संगित क्षेत्रमा तहलका मच्याउन सफल भएकि छिन् । 

आमा बुबाको एक्ली छोरी लम्साल घर परिवार, अंकल विष्णु लम्साल, गायक दिपक भण्डारी, सञ्चारकर्मि सन्तोष पन्थी , इमरान खान लगाएतको विशेष सहयोगले गर्दा  सांगितिक क्षेत्रमा प्रवेश गर्न आफू सफल भएको उनि बताउछिन् । 

वर्षा सानै देखि सांगितिक क्षेत्रमा रुचि राख्ने भएको हुादा उनको लक्ष्य ठुलो रहेको छ । हुने विरुवाको चिल्लो पात भने जस्तै उनले सानै उमेरमा सांगितिक क्षेत्रमा फराकिलो ठाँउ बनाउँदै गएकि छिन ।  उनि १७ र १८ वर्षको उमेरमै स्टेज तताउन लागेकि छिन । कपिलवस्तु जिल्लाका विभिन्न ठाउँहरुमा हुने मेला, महोत्सव तथा सांगितिक कार्यक्रमहरु यतिबेला उनको प्रस्तुतिले निकै चर्चा पाउने गरेको छ । 

उनि लोकदोहोरी एल्वम (परेविले) २०७३ सँगै सांगितिक क्षेत्रमा प्रवेश गरेकि हुन । लोक तथा आधुनिक गायक दिपक भण्डारी र वर्षा लमसालको स्वरमा सजिएको (परेविले) भन्ने गित अहिले स्थानिय तहमा निकै चर्चामा आएको छ ।

 सामाजिक संञ्जालमा पनि निकै चर्चा कमाउन सफल गित (परेविले) जिल्लाका मेला महोत्सव तताएको छ । (परेवीले गुण अन्तै सार्यो की) भन्ने उक्त गितको म्युजिक भिडियोको निर्देशन लघु गौतमले गरेका छन् । म्युजिक भिडियोमा अभिनय सुमन, दीक्षा र सुनिल ले गरेका छन । उक्त गितमा स्वरकि धनि वर्षा लमसाल भने कलाकारीता क्षेत्रमा नयाँ नौलो नै भन्नु पर्दछ । 

(परेविले) एल्वमको सफलता सँगै गायिका लम्सालले २०७४ सालको तिज गित एल्वम (चट्ट मायालु) पनि बजारमा ल्याएकि हुन् । जुन गितबाट आफूले सोचे भन्दा बढि सफलता प्राप्त गर्न सफल भएको उनि बताउछिन् । विधान कार्किको लय, शिव खनाल र बर्षाको कर्णप्रिय श्वरमा सझिएको उक्त गितमा शब्द खनालल भरेका हुन भने राजु महोत्रा र पार्वती राईले अभिनय गरेका छन् । 

सांगितिक क्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दो रहेको छ । पछिल्लो समय हाम्रो देश मा आफनो मौलिक पननै विर्सने गरी गितहरु गाउन थालिएका छन् । लोक गितमा हिन्दी, अंगे्रजि मिसाउन लागिएको छ । 

जसले गर्दा नेपाली कला संस्कृति लोप हुने खतरा देखिन्छ । पैसाको आडमा चर्चा कमाउने गितकारहरु पनि अहिले प्रशस्त देख्न पाईन्छ । नभएको कला पैसाकै भरमा चर्चित र भएको कला पैसाको अभावमा सधै मनमा मात्र यो कुरा पनि नौलो छैन । यस्तो कठिन परिस्थितिका बावजुत पनि वर्षाले आफनो अडान कायम राख्दै केहि गरुँ भन्ने उद्देश्य लिएर सांगितिक क्षेत्रमा आएकि छिन । 

उनको यो कदमलाई सम्मान गर्नै पर्छ । वर्षामा यो क्षेत्रमा पनि केहि गर्न सक्ने आँट देखिन्छ । लोक संगितमा देखिएका विभिन्न चुनौति, कठिन परिस्थितिका बाबजुत पनि किन सांगितिक क्षेत्रमा ?  भन्ने प्रश्न गर्दा लम्साल भन्छिन मेरो लक्ष्य नै मौलिक लोक संस्कृतिलाई बचाउने भएको हुँदा र यो क्षेत्रमा मेरो सानै देखि रुचि रहेको हुँदा प्रवेश गरे र सफल भएरै छाड्छु । 

सांगितिक क्षेत्रमा प्रवेश गरी नाम दाम कमाउछु भनेर घर जग्गा वेचि शहर पसेका समाचारहरु पनि मिडियामा आउँछन । कतै उनको सपना पनि चक्नाचुर हुनेत हैन ? उता लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कपिलवस्तु अध्यक्ष थानेश्वर अधिकारीले भने सांगितिक क्षेत्रमा प्रवेश गर्नु भन्दा पहिला राम्रो संग बुझेर मात्र प्रवेश गर्न नव कलाकारहरुलाई आग्रह गर्नु भएको छ । 

ठुलो सपना बोकेर सांगितिक क्षेत्रमा प्रवेश गरेकि वर्षा पनि कतै असफल हुनेत हैनिन् ? यो उनको मेहनत र अडानमा भर पर्दछ । सानै उमेरमा चर्चा कमाउन सफल बर्षा ठुलो कलाकार बन्ने सपना बोकेर हिनेकि छिन । 

अग्रज कलाकारको साथ र सहयोग पाए अवश्य अगाडि बढ्न सक्ने उनि बताउाछिन । तसर्थ संस्कृति बचाउने उद्देश्य बोकेर अगाडि बढेकि वर्षाको सपना पुरा गराउन तपाई हाम्रो सहयोग अपरिहार्य रहन्छ । प्रस्तुति: इमरान खान, कपिलवस्तु 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति बनाउन ज्ञानबहादुर शाहीको माग उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह