असोज १, काठमाडौं । शेर्पा भाषाको चलचित्र 'टिन्छेन फमा'को सम्पुर्ण निमार्ण कार्य सम्पन्न भएको छ । 

शेर्पा संचार समुह नेपालको सभाहल बौद्घ, काठम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १, काठमाडौं । शेर्पा भाषाको चलचित्र 'टिन्छेन फमा'को सम्पुर्ण निमार्ण कार्य सम्पन्न भएको छ । 

शेर्पा संचार समुह नेपालको सभाहल बौद्घ, काठम"/>

2026-10-10 08:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शेर्पा भाषाको चलचित्र ‘टिन्छेन फमा’को निमार्ण कार्य सम्पन्न


असोज १, काठमाडौं । शेर्पा भाषाको चलचित्र ‘टिन्छेन फमा’को सम्पुर्ण निमार्ण कार्य सम्पन्न भएको छ । 

शेर्पा संचार समुह नेपालको सभाहल बौद्घ, काठमाडौंमा  पत्रकार सम्मेलन तथा सम्मान कार्यक्रम मार्फत उक्त जानकारी गराईएको हो । शेर्पा म्यूजिक वल्र्ड प्रा.लि. को व्यानरमा निर्माण भएको चलचित्र टिन्छेन फमाको लेखन तथा निर्देशन आङङिमा शेर्पा कुङगाले गरेकी हुन । 

कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरु बाट सामुहिक रुपमा चलचित्रको पोष्टर सार्बजनिक गरिएको थियो । चलचित्र शेर्पा भाषा, संस्कृति जोगाउन अभिभावकको भूमिका कस्तो हुन्छ भन्ने बिषयलाई समेटेर निर्माण भएको निर्देशक शेर्पाले जानकारी दिइन । 

कार्यक्रमका प्रमुख अतिथि एबम् आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले देशको मौलिक पहिचान जोगाउने प्रमुख माध्यम भनेको आदिबासी चलचित्रनै रहेको दाबी गरे साथै शेर्पा समुदायको भाषा संस्कृती प्रबद्र्घन गर्न चलचित्र टिन्छेन फमाले महत्वपुर्ण भुमिका निबार्ह गर्ने पनी बिश्वास ब्यक्त गरे । 

कार्यक्रमका महासंघका अध्यक्ष सुनुवार लगाएत चलचित्र बिकास वोर्डका अधिकृत आनन्द घिमिरे, नेपाल शेर्पा संघका अध्यक्ष एडी लामा शेर्पा, नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पा, बरिष्ठ गायक लाक्पा शेर्पाले शुभकामना मन्तब्य राखेका थिए ।

चलचित्रमा कुङगा शेर्पा, छोङवा शेर्पा, सोनाम याङजी शेर्पा, छिरिङ् डोल्मा शेर्पा लगाएत कलाकारको मुख्य भुमिका रहेको छ । भने तेन्जिङ् शेर्पा, कुङगा शेर्पा, छोङवा शेर्पा, आङ ङिमा शेर्पा कुङगा चलचित्रका निर्माता रहेका छन् । चलचित्रमा अभिनय गरेका कलाकार तथा निर्मातालाई आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवार मार्फत प्रमाण पत्र  प्रदान गर्दै सम्मान गरिएको थियो ।

चलचित्र टिन्छेन फमा यही असोज २६ गते नेपालको गोपिकृष्ण हल हुदैं  देश तथा बिदेशमा  प्रदर्शन गर्ने निर्देशक कुङगा ङिमा शेर्पाले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने