2026-10-10 08:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकारले सार्वजनिक ठाउँमै करिश्माको मजाक उडाएपछी…

गोपिकृष्ण चापागाईं | असोज ६, काठमाडौं । प्रसंग थियो चलचित्र एश्वर्यको ट्रेलर सार्वजनिक कार्यक्रमको । राजधानीको ‘क्युज’ सिनेमा हलमा भइरहेको कार्यक्रममा नायिका करिश्मा मानन्धर पनि उपस्थित थिइन् । चलचित्र टिम भित्रका कलाकारहरु बाहेका कलाकारहरुको उपस्थितीमा भिडियाहरुका लागी एक आकर्षक करिश्मा पनि थिइन् । जब ट्रेलर सार्वजनिक कार्यक्रम सकियो सबै मिडिया सेलिब्रेटी तर्फ लम्किए । कसैले तस्बिर खिचाउन तर्फ लागे त कतिले अन्तर्वाता लिन । 

करिश्मा मानन्धरलाई पनि प्रश्न सोध्न मिडियाहरुको लाइन लागे । बिशेषतः चलचित्र एश्वर्यको ट्रेलरको बारेमा प्रश्न भन्दा पनि उनको ब्यक्तिगत कुरा खोतल्न मिडियाकर्मिहरु लागिरहेका थिए । आउदै गरेको चाड दशैंसँग सम्बन्धित उनको ब्यक्तिगत कुरा र पछिल्लो समय उनले शुरु गरेको अध्ययनको बिषय, यी दुई कुरालाई उनकै मुखबाट बाहिर ल्याउन मिडियाकर्मिहरु निकै लागिरहेको देखिन्थ्यो । 

पालैपालो अन्तर्वाता दिने क्रममा करिश्माको अगाडि एकजना ब्यक्ति चश्मा लगाएर, घाँटीमा ‘हेडसेट’ झुण्ड्यिाएर, साधारण मानिसको भन्दा केहि फरक गेटअपमा फरक आवाजको साथमा देखिए । शुरुमै ‘करिश्मा फुपुलाई स्वागत छ’ भन्दै कुराकानी अगाडि बढाउदा करिश्मा आश्चर्यमा परिन् । ६ मिनेटको अन्तर्वार्तामा ठिकठाकै तरिकाले उत्तर दिएकी करिश्मालाई प्रश्न सोध्नेले ‘फुपु’ शब्द बोलेको चाँही पटक्कै मन परेको रहेनछ । जब अन्य मिडियाहरुसँग पनि अन्तर्वाता दिएर फर्किइन् उनको मनमा त्यहि मानिसले सोधका कुराहरु खेलिरहेको रहेछ र करिश्माले आफ्ना मनका कुरा सामाजिक सञ्जालमा ब्यक्ति गरिन् ।

करिश्माले ति ब्यक्तिका प्रश्नहरु सामना गर्नुपर्दा कलाकारिता गरेर गल्ति नै गरेकी भन्ने महसुस भएको समेत बताएकी छिन् । साथै उनले कलाकारितमा अनेक दुख सहेर गरेको कामको मुल्यांकन सार्वजनिक ठाउँमा मजाक बनाउनको निमित्त हो भन्दै चलचित्र पत्रकारसंघलाई ध्यानाकर्षण होस् भन्दै प्रश्न चिन्ह खडा गरेकी छिन् ।

ति ब्यक्तिले युट्युवकार्यक्रम ‘द वेवी शो’मा बिगत केहि समयदेखी यसरी नै अन्तर्वाता लिँदै आएका छन् । उनले ‘क्यारेक्टर’मा रहि बिभिन्न सेलिब्रेटीलाई बिभिन्न प्रसंगमा कुराकानी गर्ने गर्दछन् । करिश्मालाई भने अन्य सेलिब्रेटीलाई जसरी नै कुराकानी गर्दा पाच्य नभएको देखियो । हुन त अन्य सेलिब्रेटीलाई पाच्य भएको छ या छैन त्यो भने सेलिब्रेटीहरुको मनमा मात्र होला, करिश्माले भने सामाजिक सञ्जालमै लेख्ने प्रयास गरिन् । 

करिश्माले फेसबुकमा यस्तो लेखिन् 

अचम्म लाग्दो कुरा यो जीवन मा के के हेर्नु पर्ने हो कुनि ! हिजो एउटा सिनेमा को कार्यक्रम मा गएको थिए देखेपछि आजकल का अनलाइन हरु त फेस गर्नु त परि हाल्छ कमसेकम उनिहरु लाई सिनेमा बारे एउटा क्लास त दिनै पर्ने हुन्छ … जस्तो तपाईको फस्ट मुभी कुन हो !! नेपाली चलचित्र को सेलिब्रेटि भनौदा को यो भनाई सुनेर उनीहरु दङ्ग हुन्छन् याहा हरु को जानकारी को लागि ( दर्शक लाई थाहा छ भुवन के सि राजेश हमाल या करिश्मा को मुभी केके हुन )सुझाव .. चलचित्र पत्रकारिता गर्दै हुनुहुन्छ भने यो क्षेत्रको यथार्थ जानकारी राख्नु होला…तर हिजो त अत्ति भयो एउटा चस्मा लगाए को स्यानो साइज को मान्छे उफ्रिदै मेरो सामु क्यमारा तेर्साएर सोधदै थियो .फूपू के छ एक्छिन त म अक्क न पक्क परे र त्यो मानिस लाई सहि प्रकार ले सम्बोधन गर्ने प्रयास गरे वाहाकै तरिका ले तेस्ले अनेकौं पटक फुपू कि फूपू भनेर क्यमरा को सामु उफ्रिरहेको थियो म लाई नेपाली कलाकारित गरेर गल्ती गरेकी केहो भन्ने महसुस गरायो त्यो हासोउठदो मानिस ले .. बाटो मा घर फर्किदा मन मा खेलिरहेको थियो के येत्रो वर्ष हामी ले अनेकौं दुख सहेर गरेको काम को मुल्यांकन के यो फनि मानिस ले सार्वजनिक ठाउँमा मजाक बनाउनको निमित्त हो .. चलचित्र पत्रकारसंघ को ध्यानाकर्षण होस ? जय नेपाली चलचित्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने