विजय थापा | असोज ९, अमेरिका | यूवा कलाकार निक्की कार्कीलाई यौन उत्पीडनको प्रयास गर्ने सुशील नेपाललाई ..."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा | असोज ९, अमेरिका | यूवा कलाकार निक्की कार्कीलाई यौन उत्पीडनको प्रयास गर्ने सुशील नेपाललाई ..."/>
2026-10-09 07:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायिका निक्की कार्कीलाई यौन दुर्व्यवहार गर्ने सुशील नेपाललाई यस्तो सजाय

विजय थापा | असोज ९, अमेरिका | यूवा कलाकार निक्की कार्कीलाई यौन उत्पीडनको प्रयास गर्ने सुशील नेपाललाई संस्थाले साधारण सदस्य बाट निष्काशित गरेको छ | गत सेप्टेम्बर २३ तारिखमा अमेरिकाको नर्थ क्यारोलिनामा बसेको नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा )को चौथो बिशेष आकस्मिक बैठकले उक्त निर्णय गरेको हो | 

उक्त बैठकमा नव निर्वाचित कार्यकारी उपाध्यक्ष सुशील नेपाल स्वयम् उपस्थित भएका थिए |  उनलाई संस्थाको बिधान अनुसार साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको छ | उनलाई नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा )को बिधानको धारा ५, परिच्छेद १ को उपधारा १ अनुसार कारवाई गर्दै निस्काशित गरेको हो |

बिधान को साथै संस्था को छबिलाई उच्छृंखल गतिबाट अहितकर बनाएकोले सेप्टेम्बर २३ तारिख शनिबार कै दिन देखि लागु हुने गरि निस्काशन गरेको निर्णय गरेको कुरा नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा )का अध्यक्ष माधव ढकाल तथा महा सचिब कृष्ण श्रेष्ठ द्वारा जारी छापा बिज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ |

नेपालले २० बर्षिय युवा कलाकार निक्की कार्कीलाई गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सार्लोट शहरमा आयोजित नासा-अन्माको संयुक्त सम्मेलनको अन्तिम दिनको सांगीतिक कार्यक्रममा सहभागी हुन आएकी युवा गायिका निक्की कार्की माथि उनले यौन दुर्व्यहार गरेका थिए |

पिडित कार्कीले संस्थागत कारवाही ढिलो भएकोले उनले आफुमा परेको पिडा सामाजिक संजाल मुहार पुस्तिका (फेसबुक ) मार्फत प्रत्यक्ष प्रसारणमा आफुले भोगेका कुराहरु र सुशील नेपालले भनेका कुराहरु आफ्ना दर्शक ,शुभचिन्तक तथा बिश्व भर छरिएर रहेका नेपाली समुदायलाई सम्बोधन गरेकी थिइन् | 

आरोपी र पीडक सुशील नेपाल २०१५ -२०१७ का कार्यकारी समितिका सदस्य तथा २०१७ -२०१९ का कार्यकारी उपाध्यक्ष समेत रहेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने