2026-09-18 07:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा बृहत ‘खोटाङ आईडल’ हुने हजारौंको ध्यान केन्द्रित

चिसाङ शेर्पा | मंसिर १४, खोटाङ | संगीत पारखीहरुका लागि खोटाङमा बृहत ‘खोटाङ आईडल’ हुने भएको छ । विश्वलाई ध्यान केन्द्रित गराएको नेपाल आईडल सेलाउदै गर्दा जिल्लाको हकमा ठूलो धनराशी खोटाङ आईडलको तयारी गरिएकोे हो । विहीवार दिक्तेलस्थित हलेसीखबर पत्रिकाको कार्यालयमा पत्रकार सम्मेलन मार्फत आयोजक परिवर्तन नेपालले उक्त सांगितिक रियालिटी शो हुने जानकारी दिएको हो ।

मंसिरको अन्तिम सातादेखी शुरु हुने सांगितिक रियालिट शो अन्तरगत मंसिर २३ गते साकेला गाउँपालिका रतन्छा, २५ गते दिप्रुङ गाउँपालिका पञ्चमीबजार, २७ गते खोटेहाङ गाउँपालिकाको खोटाङबजार, २९ गते जन्तेढुंगा गाउँपालिकास्थित चिसापानीबजारमा अडिसन हुनेछ ।

यस्तै, पौष १ गते बराहापोखरी गाउँपालिकाको साउनेचौर, ५ गते केपीलासगढी गाउँपालिकाको बाक्सिलाबजार, ८ गते ऐसेलुखर्क गाउँपालिकास्थित ऐसेलुखर्कबजार, १० गते लामिडाडाँ गाउँपालिकाको खार्पा, १२ गते हलेसी तुवाचुङ नगरपालिका हलेसी, १४ गते रुपाकोट मझुवागढी नगरपालिका बुईपास्थित पञ्चेदोबाटो र १७ गते नगरपालिकाको दिक्तेलमा पहिलो चरणको अडिसन गरिने आयोजक परिवर्तन नेपाल हलेसी तुवाचुङ राजापानी तथा कार्यक्रम संयोजक जिबन कुमार राईले बताए ।

विजेताहरु मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष १ गीत रेर्कडीङ गर्न पाउनेछ । दोश्रो हुनेले २४ हजार ५७४ प्रमाणपत्र, १ गीत रेर्कडीङ, ३ महिना संगीत कोर्ष, तेश्रो हुनेले १० हजार ५७४ प्रमाणपत्र, १ महिना संगीत कोर्ष, १ गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकल एकजनाले २ हजार ५७४ नगद र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

जिल्लामा रहेका सगीतपे्रमीहरुको कला र गलाको सम्मानार्थ सञ्चालित रियालिटी शोका लागि युके, मलेसिया, कतारका सहयोगीदाताले सहयोग गरेका छन् । फागुन २९ गते समापन हुने कार्यक्रमलाई गाउँपालिकामा रहेका सहआयोजकले समेत सहयोग गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई