2026-10-10 08:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्युयोर्क “फेशनहब एक्स्पो २०१७ “मा राजिव श्रेष्ठको करामत (फोटोफिचर)

विजय थापा/पुस ४, अमेरिका  l बिश्व कै राजधानी मानिने न्युयोर्क शहरमा गत डिसेम्बर १५ र १६ तारिखमा दुई दिने फेशन एण्ड ब्यूटी एक्स्पो नामक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ l 

उक्त कार्यक्रम न्युयोर्क बाट संचालित इलुसिड पत्रिकाले आयोजना गरेको हो l यसका लागि नेपालका प्रख्यात फोटोग्राफर ( छाया चित्रकार  ) राजिव श्रेष्ठ लाई अधिकारिक रुपमा मनोनित गरेको थियो l पत्रिकाका संस्थापक अङ्कित रौनियार हुन् l 

अमेरिकामा पनि आफ्नो पेशालाई निरन्तरता दिदै आएका राजिव श्रेष्ठले आफूले अमेरिकामा यस्तो मौका पाई रहेको भन्दै अझ आफूले मेहनत गर्नु पर्ने र पेशालाई निरन्तरता दिने बताए l उनले आफूले मेहनत गरेर खिचेको तस्बिर प्रति सन्तोष व्यक्त गरेका छन् l 

उक्त फेशन हब नामक कार्यक्रममा विविध कार्यक्रम रहेता पनि उनलाई व्यवसायिक भेषभूषा फोटोग्राफरको रुपमा छनौट गरिएको थियो l यसको साथै उक्त भेषभूषा प्रस्तुतिमा डिसी महानगर क्षेत्रकि एक मात्र नेपाली मोडल (नमूना )रिमा केसी अन्य बिदेशी महिलाहरु संगै प्रस्तुति गरेकि थिइन् l 

रिमालाई  क्त फेशन हब कै दुई डिजाईनर्स (अभिकल्पक)ले सहभागीको लागि छनौट गरेका थिए l केसीले न्युयोर्कमा सम्पन्न उक्त कार्यक्रममा सहभागी हुन् पाउँदा अझ आत्म बिश्वास बढेको र आफ्नो लागि ठुलो मौका पाएको बताइन l 

उक्त फेशन हब कार्यक्रममा शृंगार, वस्त्र, छाला सम्बन्धि, कपाल, नङ्ग तथा महिला शृंगारका सामग्री बेच बिखनको लागि समेत राखिएको थियो l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने