2026-10-10 01:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणको ‘चमेलीमा’ रोमान्स गर्दै केकी र दिलिप

साउन ९, काठमाडौं | अभिनेता दिलिप रायमाझी तथा अभिनेत्री केकी अधिकारीले हालसम्म एउटा पनि चलचित्रमा अनस्क्रिन रोमान्स गरेका छैनन् । धेरै वटा सार्वजनिक समारोहमा संग–संगै कम्मर मर्काएको यो जोडीले पहिलो पटक एउटा आधुनिक गीतको म्युजिक भिडियोमा अनस्क्रिन रोमान्स गर्ने अवसर पाएको छ ।

केकी र दिलिपलाई यस्तो अवसर जुराइदिएका हुन् गीतकार नारायण भारतीले । अमेरिकामा बसोबास गरिरहेका गीतकार भारतीले रचना गरेको ‘चमेली‘’ शीर्षकको गीतको म्युजिक भिडियोमा केकी र दिलिपको जोडीलाई आकर्षक देखाउने काम गरेका छन् निर्देशक विशाल भण्डारीले । गायक नरेश गौतमले यो कर्ण्प्रिय गीत गाएका हुन् । उक्त गीतलाई एनके ब्रदर्सले संगीतबद्ध गरेका हुन् । उदय राज पौडेलले गीतमा संगीत संयोजन गरेका छन् ।

चमेलीको म्युजिक भिडियो यूट्युबमा अपलोड भएको दुई दिनमै दुई लाख भन्दा बढि पटक हेरिसकिएको छ ।

छायांकार अर्जुन तिवारी तथा उनको टिमले म्युजिक भिडियोका लागि रमणीय लोकेशनहरु कैद गरेका छन् । निशान घिमिरेले भिडियो सम्पादनमा उत्तिकै मेहनत गरेका छन् । भिडियोलाई गीतकार नारायण भारती तथा ईशा शर्मा भारतीले निर्माण गरेका हुन् । हाइलाइट्स नेपालको यूट्युब च्यानलबाट उक्त भिडियो अपलोड गरिएको हो ।

यस्तो छ चमेलीको म्युजिक भिडियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी