2026-10-10 01:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘म केहि महिनामै मर्न सक्छु’ – इरफान खान

एजेन्सी | म् केहि महीना पछि मर्न सक्छ, जिंदगीले मलाई मौका दिईराहेको छ – क्यान्सरबाट जुद्दै गरेका इरफान खानले बताएका छन् । 

लन्डनमा न्यूरोएंडोक्राइन क्यान्सरको उपचार गराउंदै गरेका इरफान खानको स्वास्थ्यमा सुधार आई रहेको छ । पछिल्लो समय इरफानले एसोसिएटेड प्रेसलाई अन्तर्वार्ता दिंदै उनले आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिएका थिए । साथै उनको आउंदै गरेको हलीवुड फिल्म ‘पजल’ को बारेमा पनि कुरा गरेका थिए, जुन फिल्म लसएन्जल्स सहित ११ शहरमा रिलीजभईरहेको छ ।

इरफानले भनेका छन् – ‘कुनै पनि मानिसको जीवनको कुनै ग्यारेन्टी छैन । मेरो दिमाग संधै मलाई भन्छ कि- मलाई यो रोग छ र म केहि महीनामै, एकवा दुई बर्षमा मर्न सक्छु ।’ वा फेरी म् आफ्नो दिमागसँग भएको बातचीतलाई पुरा नमानेर मृत्यु विरुद्ध जिउन सक्छु, जुन तरिकाले मलाई जिंदगीले जिउने बाटो देखाईरहेको छ, र साच्चै जिंदगीले मलाई धेरै मौका दिईरहेको छ । म मान्छु कि जताततै अंधकार नै अन्धकार भएको बाटोमा म् चलिरहेको छु, म् देख्न सक्दिन कि जिंदगीले मलाई के दिंदैछ ।’

इरफानले भनेका छन् ‘कुनै योजना छैन’ –  एसोसिएटेड प्रेसलाई उनले दिएको अन्तर्वातामा इरफानले भने- “म आजकाल कुनै स्क्रिप्ट पढ्दिन । यो साँचो र भ्रमको असल अनुभव हो । मेरो दिनको कुनै भविष्यवाणी छैन । मलाई लाग्थ्यो कि मेरो जीवन यस्तै रहन्छ, तर म कहिलै यसको प्रयोग गर्थिन । यो जुन अहिले भएको छ, यसको लागि मेरो कुनै योजना छैन । म बिहान ब्रेकफास्टको लागि जान्छु, त्यसपछि कुनै योजना हुँदैन । जिंदगी रहस्यमयी छ र जिन्दगीले निकै धेरै कुरा दिन्छ, हामीले त्यसलाई लिने कोसिस नगरेर मात्र हो । म यसलाई मायाँ गर्ने कोशिस गर्दैछु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी