2026-10-10 02:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पारसको स्वरमा आयो राष्ट्रकविको गीत (भिडियोसहित)

साउन २१, काठमाडौँ | पारस नेपालले गाएको ‘कस्तो हुन्थ्यो कस्तो हुन्थ्यो…’ गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको र जुगल डंगोलले संगीतबद्ध गरेको उक्त गीत पारसको पछिल्लो एल्बम ‘धरोहर’ मा समेटिएको छ । डब्बु क्षत्रीले निर्देशन गरेको म्युजिक भिडियोमा वरिष्ठ रंगकर्मी वीरेन्द्र हमाल, राहुल श्रेष्ठ र सबिना कार्कीले अभिनय गरेका छन् ।

पारसले गाएका पाँच गीत समेटिएको ‘धरोहर’ राजधानीमा यसै साता विमोचन भएको हो । उक्त एल्बममा ‘गर्मी भयो रे भन्छन्,’ ‘दायाँबायाँ बेथिति छ,’ ‘सबै भन्छन् तिमीलाई’ र ‘तिमीले टेक्ने माटो उही’ लगायत गरी राष्ट्रिय भावनाका पाँच गीत छन् । क्षेत्रप्रताप अधिकारी, अमन मास्के, दिनेश अधिकारी र फूलमान वलले लेखेका यी गीत पनि जुगलले नै एरेन्ज र संगीतबद्ध गरेका हुन् ।

कान्तिपुर दैनिकमा कार्यरत पारस यसअघि पनि राष्ट्रिय भावकै गीतसहित श्रोतामाझ आएका थिए । ‘नालापानी कालापानी’ बोलको उक्त सिंगल ट्र्याकमा पारसकै शब्द र जुगलकै संगीत सुन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो