2026-10-10 02:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बिनाको धन ठुलो’ गीत अब चलचित्र ‘धूम ३’ मा (भिडियोसहित)

साउन २२, काठमाडौं । पछिल्लो समय निकै नै भाईरल भएर बिवादमा समेत आएको “मन बिनाको धन ठुलो कि धन बिनाको मन” गीत अब चलचित्रमा पनि सुन्न र देख्न पाईंने भएको छ । नायक जय किशन बस्नेतले पछिल्लो समय निर्माण गरेर हाल पोष्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्र “धूम ३” मा समावेस गरिने भएपछि उक्त गीतलाई यो अवसर जुरेको हो । 

“मन बिनाको धन ठुलो” गीतसँगै यसका संगीतकार तथा गायक टंक बुढाथोकी पछिल्लो समय चर्चा र बिवाद दुवैमा छन् भने उनलाई आफ्नो चलचित्र जञ्जिरबाट संगीतकारमा ब्रेक दिएका जय किशन बस्नेतसँग पनि बुढाथोकीको दुरी बढेको छ । 

करीब साढे दुई दर्जनको संख्यामा निरन्तर आफ्ना चलचित्रमा बुढाथोकीलाई संगीतकारमा लिई रहेका नायक बस्नेतले पछिल्लो आफ्नो महत्वाकांक्षी चलचित्र “धूम ३” मा पनि उनलाई नै लिएका थिए । बुढाथोकीकै संगीत र स्वर समेत रहेको “धूम ३” मा समावेश गरिएको तिम्रो हेराईले यो मनलाई बोलको गीत सार्वजनिक भएको दुई दिनमै २ लाख भन्दा बढी प्राकृतिक दर्शक पाएर चर्चामा समेत छ । श्रृजना भनेको सन्तान सरह हो अनि जस्तोसुकै कुरुप भए पनि आफ्नो सन्तानको माया लाग्छ । त्यसरी नै आफ्नो संगीत र स्वर रहेको यो गीतलाई पनि टंक बुढाथोकीले माया गर्नु पर्ने हो तर बजारमा ब्यापक चर्चामा आई सक्दा पनि बुढाथोकीले यो गीतलाई थोरै पनि प्राथमिकतामा नराखे पछि बुढाथोकी र बस्नेतको दुरी बढ्न थालेको चर्चा चलचित्र नगरीमा चुलिएको छ । 

नेपाली चलचित्रमा पछिल्लो समय संख्यात्मक हिसाबले संगीतकारको रुपमा गनिएका बुढाथोकी युट्युवमा भाईरल बाल गायक अशोक दर्जीसँग जोडिएपछि जय किशन बस्नेतसँग मात्र नभई अन्य चलचित्रकर्मीसँग पनि टाढिएको प्रसंग आजकाल चिया पसलहरुमा पनि उठि रहेको सुनिन्छ । यस्तो बिवादका बीच जय किशन बस्नेतले “मन बिनाको धन ठूलो कि धन बिनाको मन” बोलको गीतको अधिकार लिएको कुरा सार्वजनिक भएपछि दुई जनाबीचको बिवाद बढेको हो कि झन् मित्रता झाँगिएको हो भन्ने दोधारे हल्ला पनि बजारमा सुनिदै आएको छ । यस बारेमा नायक जय किशन बस्नेतसँग जिज्ञासा राख्दा उक्त गीतको अधिकार आफुसँग भएकोले २ दिनभित्र छायाँकन गरी चलचित्र “धूम ३” मा समावेश गर्न लागेको बताए । 

टंक बुढाथोकीले चलचित्रको लागी गीतको अधिकार दिन्छन् त भनी अर्को प्रश्न गर्दा आफुसँग पूर्ण अधिकार भएको यस गीत र टंक बुढाथोकी बिचमा कुनै लेनदेन नरहेको प्रस्ट पारे । आफ्नो सम्पूर्ण ध्यान असोज ५ गतेदेखि अल नेपाल रिलिजको तयारीमा रहेको “धूम ३” मा भएकोले झिना मसिना कुरामा आफु नअल्झिने भनाई बस्नेतको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो