2026-10-10 01:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘शिरफूल’को ट्रेलर र पोस्टर सार्वजनिक (भिडियो)

साउन २३, काठमाडौं | नाइस मिडिया नेटवोर्क र मगर क्रिएसन प्रा.लि.को प्रस्तुती रहेको चलचित्र ‘शिरफूल’को आज एक कार्यक्रमका बिच ट्रेलर र पोस्टर सार्वजनिक गरिएको छ । काठमाडौंको क्युज सिनेमामा आयोजित एक कार्यक्रममा कलाकार र मिडियाकर्मीको उपस्थितिमा ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ३५ सेकेन्ड लामो ट्रेलर चलचित्र निर्माण कम्पनी मगर क्रिएसनको अफिसियल यु-ट्युब च्यानल मार्फत अपलोड गरिएको छ । ट्रेलरमा काठमाडौंका युवा जमातको रहन सहनका साथमा आदिवासी जनजाति संस्कृतिको झलक पनि देख्न सकिन्छ ।

 ‘शिरफूल’लाई कमल एक्चै मगरले निर्देशन गरेका हुन् । म्युजिक भिडियो निर्देशनमा राम्रै सफलता हासिल गरेका कमलको यो डेब्यु निर्देशन हो । चलचित्रमा रुपा राना, राज थापा, देवराज आले, बिनिता थापा, सुनिल रोका, राजु युगिन, नमिता तामाङ, पुजा गदल, लिला गुरुङ, बिना थापा, निता पुन, नियोना गुरुङ, किरण मगर लगायतका कलाकारको अभिनय रहेको छ । 

यस अघी नै चलचित्रको दुई  गीत ‘आज किन’ र ‘शिरफूल’ टाइटल गीत सार्वजनिक गरिसकिएको छ । चलचित्रमा समाबेश गीतमा शब्द राजु थापा, डिपी खनाल र कृष्ण केसीको रहेको छ भने संगीत हरी लम्साल र  

देवराज आले मगरको रहेको छ । चलचित्रका गीतमा आवाज भने आर्जन पाण्डे, मेलिना राई, हरी लम्साल, देवराज आले मगर र तारा श्रीशको रहेको छ । चलचित्रमा कथा नायक पनि रहेका देवराज आले मगर को रहेको छ ।चलचित्रलाई निरोज श्रेष्ठले खिचेका हुन् भने सम्पादन मिलन श्रेष्ठ गरेका हुन् ।

नेपालमा मंसिर २१ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरिएको छ भने विदेशका १६ वटा देशका मुख्य मुख्य सहरमा भने चलचित्रको प्रदर्शन हुने पक्का भएको छ । ‘शिरफूल’मा आशिर्वाद पुन मगर को लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी