2026-10-10 01:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नेपाली चलचित्रमा नयाँ-नयाँ प्रबिधि भित्र्याउने नाम हो – सम्पादक सहिल खान

इमरान खान | भदौ १३, काठमाडौँ | नेपाली चलचित्र क्षेत्रको एउटा चर्चित नाम हो, शाहिल खान । खान नयाँ-नयाँ  प्रबिधि भित्र्याउन र चलचित्रलाई कसरी स्तरिय बनाउन सकिन्छ भनेर दिन-रात लागी परिरहेका हुन्छन् ।  दैनिक १४/१५ घण्टा कम्प्युटरमै व्यस्त खान फुर्सदको समयमा हलिउड चलचित्र मेकिङ्ग र त्यसको कटीङ हेरी नयाँ-नयाँ सोच बनाई रहेका देखिन्छन् । 

नेपाली चलचित्रलाई पनि अन्तराष्ट्रिय बजारसम्म कसरी पुर्याउन सकिन्छ, भनेर लागी परिरहने खान अहिलेका अत्याधिक व्यस्त सम्पादक हुन् । उनिभन्दा अग्रज सम्पादक पनि नयाँ-नयाँ कुरा सिक्न खानको कार्यालयमा पुग्ने गर्दछन् । अहिलेका युवा क्रेटीभ  खान केही समय आफ्नै कार्यालयमा र अन्यत्र पनि प्रशिक्षण दिन पुगिरहेकै हुन्छन् । यस्तै नयाँ पुस्ताहरुको आगमनले र नयाँ सोच भएका प्राबिधिकहरुको कार्य-कौशलताले नेपाली चलचित्रहरु आज अन्तराष्ट्रिय स्तरका बन्न थालेका छन् । नेपाली चलचित्र उधोगमा नयाँ-नयाँ प्रविधि र नौलो प्रयोगहरु हुन थालेका छन् । आधुनिक प्रबिधीको प्रयोग संग-संगै नेपाली फिल्म पनि प्राबिधिक रुपमा स्तरिय र सम्पन हुन थालको छ । पछिल्लो समय नेपाली चलचित्रलाई उच्चस्तरको बनाउनमा चलचित्र सम्पादकहरुको ठूलो हात रहेको पाइन्छ । बदलिदो समयानुसार नेपाली चलचित्र क्षेत्र पनि बदलिदै छ । पछिल्लो केही बर्षमा नेपाली सिने जगतले ठूलै फड्को मारेको छ । एउटा चलचित्र राम्रो हुनुमा सम्पादकको ठूलो हात हुने गर्छ । चलचित्र सम्पादन चलचित्रको एउटा यस्तो अंग हो, जसले चलचित्रलाई सुन्दर बनाउन ठुलो भूमिका खेल्छ । 

चलचित्र निर्माणका बिभिन्न पाटाहरु जस्तै निर्देशक, कथा, गीत, संगीत छायाँकन, भिजुअल इफेक्ट जस्तै आज नेपाली चलचित्रमा चलचित्र सम्पादनको पनि ठूलो भूमिका भएको पाइन्छ । चलचित्र सम्पादन आजको चलचित्र दुनियाँमा एक अति नै महत्वपुर्ण भाग भएको छ । आज नेपाली चलचित्रमा यस्तै किसिमको काम गर्ने प्रविधिकहरुको ठूलो माग छ । नेपाली चलचित्र जगतमा अहिलेको चलचित्र सम्पादकको छन्, भनेर प्रश्न गर्दा उत्तर भने शाहिल खान हुन् । शाहिल खान अहिलेका सबैभन्दा महङ्गा र  उत्कृष्ट चलचित्र सम्पादक हुन् । यसरी जहिले पनि नयाँ-नयाँ तरिका प्रयोग गरेर उनले नेपाली चलचित्र उद्योगको  चलचित्र सम्पादनको पाटोमा ठूलो योगदान पुर्याएका छन् । उनको काम प्रतिको इमान्दारिता तथा उत्कृष्ट कार्यको कारण उनले विभिन्न राष्ट्रियस्तरका जस्तै बक्स अफिस अवार्ड,  एल जी फिल्मस अवार्ड प्राप्त गरेका छन् ।

२००६ मा सिनेमा जगतमा पाईला राखेका शाहिलले थुप्रै सिनेमाहरुमा आफ्नो जादु देखाईसकेका छन् । सटिक काम र आफ्नो भिन्न प्रबिधीका कारणले गर्दा उनि निर्माता र निर्देशकको पहिलो रोजाईमा पर्ने गरेका छन् । नेपालका टप तथा निकै व्यस्त सम्पादक हुन् शाहिल खान । थुप्रै हिट फिल्ममा काम गरिसकेका साहिलका केहि फिल्मको नाम लिनुपर्दा रोमियो, मेला, पूनर्जन्म, होलिडे, उल्झन, पटुकी, आरोपे, सकुन्तला, आबेग, च्याम्पीयन, बाटो मुनिको फुल, फेसेबूक,  बर्दी, पोखराकि काली,  हालसालै उनि ‘ लब डायरिज’, ‘भिलेन’, ‘होलिडे’, ‘छिरिङ्ग’ लगायत धेरै चलचित्र सम्पादनमा ब्यस्त छन् । उनको काम, नयाँ प्रयोग तथा नौलो परिकल्पना आदिले आज आएका नयाँ चलचित्र सम्पादनकहरुले अनुशरण गर्दै आएका छन् । यसरी उनको ज्ञान, शीप तथा परिश्रमले उनी नेपाली चलचित्र क्षेत्रमा विशेष स्थानमा रहेका छन् । त्यस्तो कलालाई नेपाली चलचित्रमा अव्वल ढङ्गमा कार्य गर्ने शाहिल खानले नेपाली चलचित्र जगतको चलचित्र सम्पादन आर्टमा ठूला योगदान पुर्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी