2026-09-19 11:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ईनास अमेरिका द्वारा वरिष्ठ चलचित्र निर्देशक यादव खरेल तथा वरिष्ठ अभिनेता निर शाह सम्मानित

विजय थापा,सेप्टेम्बर २१, डिसी । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)अमेरिकाले वरिष्ठ चलचित्र निर्देशक यादव खरेल तथा वरिष्ठ अभिनेता निर शाहलाई एक कार्यक्रम बीच सम्मान गरेको छ । दुवैलाई भर्जिनिया क्षेत्र ८७ का डेमोक्रेटिक दलजोन बेलले सम्मा सम्मान गरेका छन् ।

साथै ईनासले जोन बेललाई समेत सम्मान गरेको छ । बेल डिसी नजिक रहेको लाउडन काउन्टी तथा प्रिन्स विलिएम काउन्टी क्षेत्र अन्तर्गतका जन प्रतिनिधि हुन् भने १९८१ देखि सन् २००७ सम्म वायुसेनामा राष्ट्रलाई सेवा पुर्याएका थिए भने हाल उनि भर्जिनियाका सभासद हुन् । 

साथै कमन्स वेल्थ अफ भर्जिनिया को तर्फ जोन बेलले वरिष्ठ अभिनेता निर शाह सम्मान पत्र प्रदान गरेका थिए भने यो भन्दा पहिला लोकप्रिय गायिका अन्जु पन्तलाई समेत सम्मान पत्र प्रदान गरिएको थियो । 

साथै ईनासले सम्मानित हुने दुवै श्रस्टाहरुलाई मायाको चिनो प्रदान समेत गरेको थियो उक्त मायाको चिनो जोन बेल तथा ईनास अमेरिकाका आनन्दु लामाले प्रदान गरेका थिए । साथै ईनासका अमेरीकाका प्रादेशिक संयोजक तथा एसिएन अमेरिकन प्यासिफिक आइल्याडर्स का नेपालका लागि सह सभापति हरि शर्मा ले खरेल तथा शाहलाई समेत मायाको चिनो प्रदान गर्नु को साथै सम्पूर्ण आगन्तुकहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

सम्मान कार्यक्रममा वरिष्ठ चलचित्र निर्देशक यादव खरेललाई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)को मानार्थ सदस्य समेत प्रदान गरिएको छ । सम्मानित भए पछि वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले आफ्नो मन्तब्य राख्दै ईनासले सद्भाव राखेर सम्मान गरि दिनु भएकोमा खुशी व्यक्त गर्नु भयो ।  खरेलले अगाडी भन्नु भयो सबै भन्दा ठुलो मन हुन्छ त्यो मनले गर्दा सम्मान दिनु भएकोमा कृतज्ञता ज्ञापन गर्नु भएको छ ।

यसै गरी वरिष्ठ अभिनेता निर शाहले आफूले चिन्नु भएका सबैको नाम लिदै मुक्त कण्ठले प्रसंशा गर्नु भयो । शाहले हाम्रो जीवनमा सब चिज छ तर हामी संग समय छैन भन्नु भयो । वहाले नेपालले अन्य चिज भन्दा कला र संस्कृतिलाई मात्र बिश्व ब्यापी बनाउन सक्छ भन्नु भयो । शाहले ईनास ले कलाकारहरुमा लुकेको प्रतिभा लाई रंगमंचमा उत्घाटित गर्नु पर्ने कुरामा जोड दिनु पर्ने भन्नु भयो । 

सम्मानित भए पछि कमन्स वेल्थ अफ भर्जिनियाले सम्मान गरेकोमा हामी सम्मानित भएका हैनौ भन्दै हाम्रो पेशा सम्मानित भएको हो भन्नु भयो । र ईनासले सम्मानित गरेकोमा ईनास तथा अध्यक्ष आनन्दु लामालाई धन्यवाद दिनु भयो । 

कार्यक्रममा ईनास अमेरिकाका अध्यक्ष आनन्दु लामाले जिउदा श्रस्टालाई सम्मान गरौ भन्ने मूल नारा बोकेको ईनासले वहाहरु जस्ता वरिष्ठहरुलाई सम्मान गर्न पाउँदा गर्व लागेको बताउनु भयो । बिश्व ईनासका संरक्षिका निता श्रेष्ठले ईनास कलाकारहरुको संस्था हो भन्नु भयो । 

खरेल तथा वरिष्ठ शाहको बारेमा संक्षिप्त परिचय साहित्यकार गोविन्द गिरि प्रेरणाले गर्नु भएको थियो भने अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) अमेरिकाका प्रादेशिक संयोजक तथा ईनास अमेरिकाका सल्लाहकार हरि शर्माले बोल्नु भएको थियो । यसै गरि महाबाणिज्य दुत प्रेम राजा महतले पनि शुभकामना मन्तब्य राख्नु भएको थियो । 

कार्यक्रम संचालन ईनास भर्जिनिया शाखाका सल्लाहाकार रमेश मैनालीले गर्नु भएको थियो । उक्त सम्मान कार्यक्रममा डिसी क्षेत्रमा बसोबास गर्ने नेपाली समुदाय सदस्य तथा संघ/संस्थाका प्रतिनिधिहरु/पदाधिकारीहरुमा ईन्जाका अध्यक्ष गुणराज लुइँटेल ,बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठ ,नेपाल सरकारका सह सचिव नारायण प्रसाद मैनाली लगायतको उपस्थिति रहेको थियो । (इनास) अमेरिकाले स्थापना काल देखि नै आफ्ना शाखा समेतलाई समेट्दै बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो