2026-09-19 11:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संगित र सञ्चार क्षेत्र एकै साथ सम्हाल्दै सन्दीप

प्रेम सुनार । बुटवल, असोज १५ । स्कुले जिवन कालमा गिटार बजाउनमा निकै शौखिन सन्दीप परियार जन्मथलो गोरखा आसपासमा मात्र नभएर गायक अनि कुशल टिभि जर्नालिष्टका रुपमा यता पश्चिम नेपालमा पनि चर्चामा छन् ।  बुटवलको एक कार्यक्रममा पछिल्लो उनले बजारमा ल्याएको ‘मायालुको गाउँ’बोलको आधुनिक गीत बारे पनि चर्चा गरियो ।

न्युज–२४  टेलिभिजनको समाचार डेक्समा कार्यरत उनले निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा कुकुरको प्रयोग किन गरिएन ? भन्ने जुन नयाँ एंगलको समाचार बाहिर ल्याएका छन यसले पनि उको चर्चा बढ्दै छ ।  त्यस टेलिभिजनको पावर न्युज कार्यक्रममा पनि उनले खोजमुलक सामग्री पस्कीदै आएका छन ।

गोरखाको भिमसेन गाउँपालि असराङ्गमा जन्मिएका  सन्दिप द भ्वाईस अफ नेपालले आयोजना गरेको रियालिटी शोः कार्यक्रमको पहिलो चरणमा समेत छनौट भई अर्को साता तिर हुन गई रहेको दोश्रो प्रतिष्पर्धामा उत्रिदै छन । सुरुमा ‘बेसी खेत जोत्ने बेलामा’ बोलको लोक दोहरी गीतबाट साङ्गेतिक क्षेत्रमा प्रवेश गरेका सन्दीपले ‘माया जाले हो , ‘रुँन्थीन म’  जस्ता दर्जन बढि लोक दोहरी र ४ वटा आधुनिक गीत बजारमा ल्याएका  छन ।

उनि भन्छन –‘ सुरुमा संगित क्षेत्र  निकै मन पर्दथ्यो । पछि कलकार भएरै होला सञ्चार क्षेत्र झन मन पर्न थाल्यो । ’ उनि आफै भिडियो मिक्सीङ्ग देखि सबै खाले प्राविधिक काम समेत गर्दछन । उनि आफैले  गाएको र मिक्सीङ्ग समेत आफैले गरेको ‘भाग्य ठुलो’ बोलको म्युजिक भिडियो अब छिट्टै सार्वाजानिक गरिदै छ ।  संगितमा ब्याचलर र पत्रकारितामा मष्टर डिग्रीको दौरानमा रहेका   सन्दीप पिता झलक परियार र माता शोभा परियारको कोखबाट २०५१ साल चैत्र २९ गते जन्मिएका हुन ।

गोरखा कै नव जागृति चण्डी माध्यामिक बिद्यालयबाट  माध्यमिक तहको शिक्षा आर्जन गरेका उनि काठमाण्डौको शहिद रामनाथ दाहल  स्मृति कलेजबाट उच्च शिक्षको यात्रामा लागेका थिए । भविश्यमा पनि उनले यी दुबै क्षेत्रलाई  निरन्तरता दिने बताउँ छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो