2026-10-10 02:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक शिव परियारको नयाँ गीत ‘आँशुको अर्थ -२’ सार्वजनिक (भिडियोसहित)

असोज १९ काठमाण्डौ | चर्चित गायक शिव परियारको स्वर रहेको हिट गीत ‘आँशुको अर्थ’को पार्ट टु ‘आँशुको अर्थ -२’ गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।गत बर्ष सार्वजनिक गरिएको गीत ‘आँशुको अर्थ’ सफल भए सगै ‘आँशुको अर्थ -२’ ‘आँशु दिइ जाने’ को लिरिकल भिडियो सार्वजनिक गरिएको हो । शुक्रबार चितवनको भरतपुरमा एक कार्यक्रमको बिच गीतकार तथा सञ्चारकर्मी रबि अधिकारीको जन्म दिनको अवसर परेर ‘आँशुको अर्थ -२’ गीत को लिरिकल भिडियो सार्वजनिक गरिएको हो।

केटिबी एड्भर्टाईजिङ एजेन्सीका प्रबन्धक किशोर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ट कलाकार ऋद्धिचरण श्रेष्ठ प्रमुख अतिथी रहनुभएको थियो । यस्तै चलचित्र निर्देशक बिमल पौडेल र केटिबी एड्भर्टाईजिङ एजेन्सीकानिर्देशक बिजय गुप्ता बिशिष्ट अतिथी रहनुभएको थियो । यस्तै कार्यक्रममा संचारकर्मी मनोज पन्त तथा दाताज ईभेन्ट्सका प्रबन्धक दाताराम घिमिरे अतिथी रहनुभएको थियो । कार्यक्रममा प्रमुख अथिति बरिष्ट कलाकार ऋद्धिचरण श्रेष्ठले युट्युब बाट गीतलाई सार्वजनिक गर्नु भएको थियो।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथी ऋद्धिचरण श्रेष्ठले गीतको सफलताको शुभकामना दिनुभयो । श्रेष्ठले भाग २ जस्तै आगामी दिनमा गीतको अन्य सिरिज पनि बन्ने विश्वाश गर्नुभयो । चलचित्र क्षेत्रमा लामो समय देखी काम गर्दै आएका संचारकर्मी रबी अधिकारीले ‘आँशुको अर्थ’ भाग १ र भाग २ जस्तो निकै राम्रो गीत रचना गरेर रचनाकारको रुपमा पनि आफुलाई अब्बल साबित गरेको श्रेष्ठले बताउनु भयो । साथै उहाले आगामी दिनमा चलचित्रमा पनि गीत रचना गर्न शुभकामना दिनुभयो ।

कार्यक्रममा बिशिष्ट अतिथी चलचित्र निर्देशक बिमल पौडेलले गीत निकै राम्रो बनेको भन्दै सफलताको शुभकामना ब्यक्त गर्नुभयो । गीतले निकै मार्मिक शब्द बोकेको भन्दै दर्शक स्रोताहरुले गीतलाई मन पराउने विश्वाश ब्यक्त गर्नुभयो । कार्यक्रमका अतिथी संचारकर्मी मनोज पन्तले संचारकर्मीको रुपमा सकृय रबी अधिकारीले ‘आँशुको अर्थ १ र २ बाट गीत संगीतको क्षेत्रमा पनि राम्रो गर्दै गएकोमा खुशी लागेको बताए । यस्तै पन्तले गीत राम्रो बनेको भन्दै सफलताको शुभकामना दिए । कार्यक्रमका सभापति केटीबीका प्रबन्धकले गीत राम्रो बनेको भन्दै संचार र चलचित्र क्षेत्र सँगै संगीतिक क्षेत्रमा पनि अझै प्रगती हुँदै जाओस भन्दै शुभकामना ब्यक्त गर्नुभयो ।

गीतका रचनाकार रबी अधिकारीले ‘आँशुको अर्थ १ को अपार सफलता पछी अझै राम्रो गर्ने प्रेरणा मिलेको बताए । ‘आँशुको अर्थ १ लाई दर्शक स्रोताले राम्रो माया दिनुभएको कारण नै भाग २ निकाले बताउनुभयो । अधिकारीले भने – भाग १ को सफलताले भाग २ अझ राम्रो बनाउन चुनौती दियो । तर हाम्रो टिम, सबै संचारकर्मी र दर्शकहरुको मायाले चुनौतीलाई अवसरको रुपमा लिई भाग २ बनाएको बताए । यस्तै अधिकारीले भाग १ जस्तै २ लाई पनि दर्शक स्रोताहरु माया दिनुहुने विश्वाश ब्यक्त गर्नुभयो । दशैं लगतै निकेश खड्काको निर्देशनमा ‘आँशुको अर्थ’का मुख्य कलाकार नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठलाई फिचरिंग गरेर गीतको म्युजिक भिडियो निर्माण गरिने गीतकार तथा सञ्चारकर्मी रबि अधिकारीले बताउनु भयो । कार्यक्रममा चितवनका सञ्चारकर्मीहरुको बाक्लो उपस्थित रहेको थियो।’आँशुको अर्थ -२’ ‘आँशु दिइ जाने’मा चर्चित संगीतकार दिपक शर्माको संगीत रहेको छ। गीतलाई एरेन्ज भने रिदम कंडेल ले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो