2026-09-19 08:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङका लोक गायक पोखरेल बने उत्कृष्ट गायक

चिसाङ शेर्पा | असोज २२, खोटाङ | लोकगायक धर्मराज पोखरेल उत्कृष्ट गायकमा छनौट भएका छन् । सगरमाथा म्यूजिक अर्वाडमा पुर्बेली लोकगीत दुई दिने चोलाबाट उनी उत्कृष्ट लोकदोहोरी गायकमा छनौट भएका हुन् ।

बहुप्रतिभाका धनी पोखरेल लोकदोहोरीतर्फ उत्कृष्ट गायकमा छनौट भएपछि जिल्लाकै नाम उचो भएको छ । उत्कृष्ट गायकमा परेका लोकगायक पोखरेलले खोटाङ नुनथलाका श्रष्टा शिवसंगम राईको शब्द संगीत रहेको ‘दुई दिने चोला’ लोकदोहोरीमा आवाज दिएका थिए । गीतमा उनलाई चर्चीत गायिका मेलिना राईले साथ दिइएकी छन् । 

आगामी मंसिरमा हुने सगरमाथा म्यूजिक अर्वाडमा लोक गायक पोखरेललाई उत्कृष्ट गायकमा जिताउनका लागि मोवाईलको म्यासेज बक्समा गई एसएमए टाईपगरी एक स्पेस दिएर ९ डि टाईपगरी ३३००१ पठाई भोट गर्न सकिन्छ ।

एक दशक अघिबाट नेपाली लोक गायनमा क्रियाशिल पोखरेल राष्ट्रिय स्तरको लोकदोहोरी प्रतियोगितामा उत्कृष्ट गायकमा परेसँगै पुर्वाञ्चल तथा खोटाङको सहभागिता पहिलो रेर्कड भएको छ । देशभरीका लोक गायक मध्येबाट खोटाङका गायक उत्कृष्टमा पर्नु सामान्य कुरा नभएको  लोक गायक पोखरेलले बताए । उत्कृष्ट गायनमा परेका उक्त लोकदोहोरीमा स्वयम् उनले पनि अभिनय गरेका छन् ।

२०२९ कार्तिक २६ गते तत्कालिन बिजयखर्क गाविसमा जन्मिएका उनी एक कुशल ईन्जिनियर, राजनीतिकर्मी, गायक, रचनाकार, मोडल र समाजसेवी हुन् । हालसम्म उनको १९ वटा लोक तथा दोहोरी गीत वजारमा आईसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई