2026-10-10 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘छक्का पञ्जा ३’आजबाट देशव्यापी प्रदर्शनमा

असोज २४, काठमाडौं । प्राय जसो नेपाली चलचित्र शुक्रबारबाट प्रदर्शनमा आउने भए पनि दसैंको घटस्थापनालाई केन्द्रित गर्दै चलचित्र ‘छक्का पञ्जा ३’आजबाट प्रदर्शनमा आएको छ । चलचित्रको प्रतिक्षामा रहेका दर्शकको प्रतिक्षाको घडि समाप्त भएको छ । चलचित्र टिमले दर्शकलाई चलचित्र हेर्न सहज होस् भन्ने उद्देश्यले अग्रिम टिकटको व्यवस्था समेत मिलाएको थियो ।

बक्सअफिसमा चलचित्रको दुई श्रृंखलाले सर्वाधिक कलेक्सनको रेकर्ड राखेको थियो । नेपाली चलचित्र इतिहासमै सर्वाधिक कलेक्सन गर्दै १६ करोडको रेकर्ड बनाएको पहिलो सिरिज र दोस्रो सिरिज जसले प्रदर्शनको दश दिनमा १० करोडको कलेक्सन गरेको थियो । तेस्रोले भने कति के कस्तो रेर्कड राख्नेछ त्यसकालागि प्रतिक्षा गर्नुपर्ने हुन्छ । चलचित्रको बारेमा जानकारी दिदै दिपकराज गिरीले भने ‘यस अघि निर्माण भएका चलचित्रहरुले मनोरञ्जनलाई प्राथमिकतामा राखेको थियो तर यस चलचित्रमा भने मनोरञ्जन सँगै शिक्षा समेत दिने प्रयास गरेका छौँ ।’ 

यसअघि चलचित्र छक्का पञ्जा ३ का २ वटा गीत सार्वजनिक भइसकेका छन् ।  ‘पहिलो नम्बरमा’ बोलको गीतले छोटो समयमा नै दर्शकको राम्रो साथ पायो यूट्युबमा १ करोड भ्यू पुगेको उपलक्षमा चलचित्र युनिटले केक  काटेर सेलिब्रेसन नै गरेको थियो । दिपक शर्माको संगीतमा रहेको उक्त गीतमा डेबिट शंकर र बिन्दु परियारको स्वर रहेको छ । यो गीत अहिलेसम्मा १ करोड ६४ लाख ३ हजार ६ सय पटक हेरिइसकिएको छ । त्यस्तै  ‘पछि उमेर ढल्किन्छ’ बोलको गीत पनि यतिबेला सर्वाधिक चर्चामा छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको छ । 

दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, दिपेन्द्र खनिया, सुमन गिरी, शिवहरी पौडेल, किरण केसी, ताराचन्द्र बजगाईँ, पुरुषोत्तम प्रधान, केशव न्यौपानेको संयुक्त निर्माण रहेको चलचित्र दिपाश्री निरौलाले निर्देशन हुन् । चलचित्रको पुरुषोत्तम प्रधानको छायांकन रहेको छ भने अर्जुन पोखरेल र दिपक शर्माको संगीत रहेको छ । चलचित्रमा कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् भने चलचित्रको सम्पादन विपिन मल्लले गरेका हुन् । चलचित्रको कथा दिपकराज गिरीले लेखेका हुन् भने डाइलग भने दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र यमन श्रेष्ठले तयार गरेका हुन् । चलचित्रलाई मानकृष्ण महर्जन र श्रीबहादुर लामाले संयुक्त रुपमा खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा