2026-10-10 02:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाहिरिए नेपाल आइडलकै पहिलो ‘गोल्डेन माइक होल्डर’ मीनराज

असोज २७, काठमाडौँ | ख्यातिप्राप्त टेलिभिजन सो ‘नेपाल आइडल’ सिजन २ को २०औं एपिसोडबाट  ‘गोल्डेन माइक होल्डर’ मीनराज पौडेल बाहिरिएका छन् । प्रतियोगीको बिहीबार दिएको प्रस्तुतिका आधारमा शुक्रबार एलिमिनेसन राउन्ड चलिरहेको थियो । बिहिबार स्वास्थ्यका कारण मीनराजले गीतनै गाउन सकेनन् । त्यसैको कारण पनि हुन सक्छ मिनराजले पब्लिक भोट अरु प्रतिष्पर्धीले जस्तो पाउन असमार्थ भए । जसको कारण शुक्रबार उनि बाहिरिएको घोषणा गरियो । 

कार्यक्रमकै दौरानमा एकाएक माहोल सुनसान भयो । प्रतिस्पर्धी सबैले शुक्रबारको आफ्नो प्रस्तुति सकेपछि उद्घोषकले जब मञ्चबाट बाहिरिने चितवनका मीनराज पौडेलको नाम लिएका थिए । त्यसपछि उनका सबै साथी भक्कानिँदै रुन थाले । साथिहरुले मीनराजलाई अँगालो हालेर आत्मीयता दर्शाइरहेका थिए । मीनराज भने आँखाबाट खस्न लागेको आँसु लुकाउँदै मुस्कुराउने कोसिस गरिरहेका थिए । सबै भावविह्वल थिए। जजहरू पनि निःशब्द थिए । मीनराजलाई सम्झाउन कसैले शब्द निकाल्न सकिरहेका थिएनन्। मेगा अडिसनमा पहिलोपटक गोल्डेन माइक जितेर उनी सीधै टप १२ मा सहभागी भएका थिए । 

उनले नै नेपाल आइडलको इतिहाँसमा पहिलो गोल्डन माइक प्राप्त गरेका थिए । अघिल्लो सिजनमा गोल्डन माइकको व्यवस्था थिएन । गोल्डन माइक पाउने सिधै टप १२ मा आउने नयाँ नियम छ । 

‘मन जित्छ उसले, राम्रो गाउँछ जसले’ नाराका साथ नेपाल आइडल सिजन–२ गत साउन २४ देखि सुरु गरिएको हो । नेपाल आइडलका च्यानल हेड लक्ष्मीप्रसाद पौडेल हुन् भने प्रोजेक्ट हेड सुरेश पौडेल छन्। कार्यक्रम निर्देशकहरू सुरेश पौडेल, लोकेश वज्राचार्य र एलन श्रेष्ठ छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो