2026-10-10 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘दि भ्वाइस अफ नेपाल’: कोच दिपले गरे ‘सलुट’, कोच अभयाले प्रतियोगीलाई भनिन– ‘सेक्सी’

काठमाडौं । कात्तिक २५ गते । नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा प्रतियोगी राजुले निर्णायक तथा कोच दिपको ‘स्ट्याण्डिग अवेसन’ सहितको सलुट पाएका छन् । प्रतियोगी राजुको प्रस्तुतीले स्वर सम्राट नारायण गोपालको सम्झना दिएको भन्दै उनलाई सलाम गरेका हुन् ।

कोच दिपको टिमका प्रतियोगी राजुको प्रस्तुतीपछि स्वर सम्राट नारायण गोपालको सम्झना गरेका थिए ।

‘राजु जहिले पनि तारिफयोग्य हाम्रो ट्यालेन्ट हो । मैले भनेअनुसार नै टेप गरेर लानुभयो उहाँले, दूरुस्तै गाउनुभयो । यो गीतमा मैले नारायणदाईलाई यसरी गाउ न भनेर भन्थेँ र त्यहि मैले राजुलाई गराउने मौका पाएँ,’ भन्दै निर्णायक तथा कोच दिपले राजुलाई उठेर सलुट गरे ।

त्यसैगरि शनिवारको ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा प्रतियोगी सप्तकलाई कोच अभयाले निकै सेक्सी देखिएको बताईन् ।

सप्तकले आफ्नो प्रस्तुती दिईसकेपछि प्रतिकृया दिँदै कोच अभयाले रक स्टार जस्तो देखिएको भन्दै उनले लगाएको ड्रेस ‘सेक्सी’ लागेको बताईन् ।

‘दौरा शुरुवालमा मलाई आज सेक्सी लागेको छ,’ उनले भनिन्, ‘तपाईँको प्रस्तुती निकै धमाकेदार भएको थियो र रकस्टार जस्तै देखिएको छ ।’

उनको प्रस्तुतीको बारेमा बोल्दै निर्णायक तथा कोच सनुपले पनि स्टार जस्तो उत्साहित भएको भन्दै आफ्नो टिममा लामो अवधिसम्म हेर्न चाहेको बताए । सप्तकको प्रस्तुती पछि उनको पक्षमा स्टूडियोमा नै दर्शकहरुले हुटिंग नै गरे ।

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा प्रतियोगी विवेकको प्रस्तुतीले गायक उदित नारायणको सम्झना दिएको भन्दै निर्णायक तथा कोच प्रमोदले गायक उदित नारायण जस्तै ठ्याक्कै गाएको र देखिएको भन्दै सराहना गरेका थिए ।

कोच दिपले त उदित नारायणभन्दा निकै मिठो गित गाएको भन्दै शुभकामना दिएका थिए ।

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ शनिवारको कार्यक्रममा टिम दिपको तर्फबाट तीनजना प्रतियोगीहरु राजु, विवेक र स्वेच्छा मध्ये प्रतियोगी राजुलाई कोचले बचाएका थिए भने बाँकी दुई प्रतियोगीहरु भोटिंगको लागी गएका छन् ।

त्यस्तै टिम सनुपको तर्फबाट चारजना प्रतियोगीहरु सप्तक, वर्ता र विद्यामध्ये कोच सनुपले प्रतियोगी विद्यालाई बचाए भने बाँकी दुई प्रतियोगीहरु भोटिंगको लागी गएका छन् ।

गत साता आईतवारको कार्यक्रममा प्रस्तुती दिएका प्रतियोगीहरुमध्ये टिम सनुपबाट शैलु र सन्तोष तथा टिम प्रमोदबाट सुरज र सुरेखा दर्शकहरुको भोटिंगको आधारमा अघिल्लो चरणमा जान सफल भएका छन् ।

शनिवारदेखि सँगै ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ टप २४ मा प्रतियोगीका साथमा नयाँ चरणमा प्रवेश गरेको छ ।

लाइभ राउण्डको फम्र्याट

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ को लाइभ राउण्ड कार्यक्रममा दुईजना निर्णायक तथा कोचहरुले आफ्ना चार/चार जना प्रतिस्पर्धीहरुलाई प्रस्तुत गराउने छन् भने सो मध्ये एक जनालाई ‘सेभ’ बचाउन सक्नेछन् । बाँकी ३ जना प्रतिस्पर्धीहरुलाई भने भोटिंङको लागि अगाडि पठाउनेछन् ।

प्रतिस्पर्धीहरुमध्ये आफूलाई मनपर्ने प्रतिस्पर्धीहरुलाई दर्शकहरुले भोट गर्न सक्ने सुविधा रहेको छ । भोट गर्नको लागि आफ्नो मोबाइल फोनबाट एसएमएसमा गएर प्रतियोगीको कोड नम्बर टाइप गरेर ३७००० मा सिधै पठाउन सक्नुहुनेछ ।

त्यसैगरि भारतबाट ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ हेर्नुहुने दर्शकका लागि आफ्नो मनपरेको प्रतियोगीलाई भोट गर्न आफ्नो मोबाइलबाट प्रतियोगीको कोड नम्बर टाइप गरेर ५३०१० मा पठाउन सक्नुहुनेछ ।

यति मात्र होईन्, दर्शकहरुले आफ्नो ल्याण्डलाइन टेलिफोनमार्फत पनि फोन गरेर प्रतियोगीको कोड नम्बरसहित भोट गर्नसक्नुहुनेछ । नेपाल टेलिकमको ल्याण्डलाइनबाट १६६६७७ मा फोन गरेर पनि गर्न आफ्नो मन गर्ने प्रतियोगीको कोड नम्बरसहित भोट सक्नेछन् । (उदाहरणको लागि १६६६७७ मा कल गर्नुस र त्यसपछि कोड नम्बर डायल गर्नुस् ।)

दर्शकहरुले ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ को मोबाइल एप डाउनलोड गरेर पनि आफ्नो मन परेको प्रतियोगीलाई भोट गर्न सक्नुहुनेछ । यसको लागि तपाईँले एन्ड्रोयड मोबाइलको लागि ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ को एप डाउन लोड गर्नहोस् । 

मोबाइल एपबाट प्रत्येक प्रतियोगीको लागि अधिकतम ५ वटा भोट गर्न सकिनेछ ।

आईतवार कला प्रस्तुत गरेका प्रतियोगीहरुको भोटिंङको रिजल्ट पनि आउँदो एपिसोडमा प्रस्तुत हुनेछ । त्यसैले आफूलाई मनपरेको प्रतियोगीलाई धेरैभन्दा धेरै भोट गर्न हार्दिक अनुरोध गर्दछौं ।

नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको टिभिएस अपाचे दि भ्वाइस अफ नेपालले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ ।

टिभिएस अपाचे सिरिज आरटिआर दि भ्वाइस अफ नेपाललाई टिभिएस अपाचेले मुख्य प्रायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा