2026-10-10 06:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अमेरिका बसेर पनि नेपालकै मायाँ: गोविन्द फुयाँलको नयाँ गीत सार्वजनिक (भिडियो)

फागुन २७, काठमाडौँ | नेपाली भाषी भुटानी शरणार्थीको जिन्दगीको आफ्नै कथा ब्यथा छ । कथा पुरानो भैसक्यो तर त्यो पिडा, दु:ख र जीवन संघर्षको कथा अझै पनि भुटानी नेपालीको मनमा ताजै छ । 

भुटानबाट नेपालमा शरणार्थी जिवन बिताएका मध्यका एक हुन गोविन्द  फुयाँल । १७ वर्ष नेपालमा बिताएका उनी एक गायक र संगीतकार समेत हुन् । नेपालमा हुँदा भजन गायकका रूपमा परिचय बनाएका उनले नेपाल, भारतका धेरै धार्मिक कार्यक्रममा भजन गाएका थिए । अमेरिकी सरकारले भुटानी नेपालीलाई अमेरिका जाने अवसर दिएसंगै केही वर्ष अघि अमेरिका पुगे । 

अमेरिका पुगेर सुखको जिन्दगी बिताउने पाए पनि उनी भने संगीतका माध्यमबाट खुशी हुने प्रयासमा छ्न् । अमेरिकामै आफ्नो होम स्टुडियो निर्माण गरेका फुयालले आफ्नो फुर्सदको समयमा विभिन्न सिर्जना सार्वजनिक गर्दै आएका छन । 

केही दिन अघि उनले संगीत गरेको नयाँ गीत ” तिम्रै छेउ ” उनको आफ्नै युट्युव च्यानल जिपी प्रोडक्सन मार्फत सार्वजनिक भएको छ । यस गीतमा भोला ढुंगानाको शब्द रहेको छ भने गोबिन्द फुयालको संगीत रहेको छ । 

गीतमा स्वर कर्म ग्याल्चन बम्जनको रहेको छ । नोर्बु शेर्पाले गीतको एरेन्ज्मेन्ट गरेका छन् । मुस्ताङको रमणीय ठाउँमा शुट गरिएको भिडियोलाई लामा भाइले खिचेका हुन् । यान्छु तामाङ र निरु तामाङको गीतको भिडियोमा अभिनय रहेको छ । बिक्रम दहालको निर्देशनमा गीतको भिडियो तयार भएको हो ।

हेर्नुहोस् भिडियो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय