2026-10-10 07:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउड अभिनेता विक्की कौशल सुटिङका क्रममा गम्भिर घाइते

बैशाख ७, काठमाडौं | बलिउड अभिनेता विक्की कौशल सुटिङका क्रममा ठूलो दुर्घटनामा परेका छन् ।

विक्की हाल एक हरर चलचित्रको सुटिङ गरिरहेका छन् । यही चलचित्रको एक एक्शन सीनको क्रममा उनको अनुहारमा गम्भीर चोट लागेको हो ।

मुम्बईका फिल्म समीक्षक कोमल नाहटा र तरण आदर्शका साथै पत्रकार फिरदून शहरयारले ट्वीट गर्दै यस घटनाको बारे जानकारी दिएका छन् ।

गत अप्रिल १८ मा गुजरातमा जहाजमा एक्सन सीन छायाँकनका दौरान उनीमाथि अचानक ढोका खसेको थियो । उनलाई तुरुन्त स्थानीय अस्पताल लगिएको थियो ।

त्यहाँ प्राथमिक उपचार गरेपछि उनलाई थप उपचारका लागि मुम्बई ल्याइएको थियो ।

घटनामा उनको अनुहारमा चोट लाग्नुका साथै गालाको हड्डी फ्राक्चर पनि भएको बताइएको छ । त्यस्तै १३ वटा टाँका पनि लगाउन परेको भनिएको छ ।

उक्त हरर चलचित्रको निर्माण करण जोहर गरिरहेका छन् । चलचित्रको निर्देशन शशांक खेतान तथा सहायक निर्देशक भानुप्रताप सिंह रहेका छन् ।

चलचित्रमा विक्कीसँगै मुख्य नायिकामा भूमि पेडनेकर रहेका छन् । यो चलचित्र यसै वर्ष रिलिज गर्ने तयारी गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध