२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

विद्यार्थीसँग रमाउँदै कलाकार कायस्थ

२०७६, २७ जेष्ठ सोमबार ०५:५४


वासुदेव पौडेल|२७ जेठ, पोखरा |(रासस) ः उमेरले ७६ वर्ष लागिसके पनि युवा जस्तै जोसिला र फुर्तिलो हुनुहुन्छ पोखरेली कलाकार क्षेत्रलाल कायस्थ । केही दिनयता पोखरा आर्ट ग्यालरीमा चलिरहेको संयुक्त चित्रकला प्रदर्शनीमा विद्यालयका विद्यार्थीलाई कलाबारे जिज्ञासा मेट्नु यतिखेर उहाँको दैनिकी जस्तै बनेको छ ।

नातिनातिनाले घेरिएजस्तै स्कुले विद्यार्थीले उहाँलाई प्रदर्शनी कक्षमा घेरेर कला सम्बन्धमा विभिन्न जिज्ञासा राखिरहँदा र त्यसलाई मेट्न पाउँदा आफूलाई निकै सन्तोषको अनुभूति दिलाएको कायस्थले बताउनुभयो । विद्यार्थीमा देखिएको कलाप्रतिको लगावसँगै यस क्षेत्रको भविष्य पनि दिनानुदिन सुनौलो बन्दै गएको उहाँको बुझाइ छ ।

कायस्थको कलाकारिताप्रतिको लगावलाई आत्मसात् गर्दै उहाँको परिवारजन र कलाप्रेमीको सक्रियतामा स्थापित कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठानले स्कुले विद्यार्थीसँगै संयुक्त प्रदर्शनीको अवसर जुटाइदिएको हो ।प्रतिष्ठानमार्फत दुई वर्षअघि देखि पोखराका बालमन्दिर, कन्या, ज्ञानभूमि, नवीन, महेन्द्र र नवप्रभात स्कुलमा कक्षा ७ देखि ९ सम्मका विद्यार्थीलाई कला सिकाउनका लागि कला शिक्षकको व्यवस्था गरिएको थियो । यस वर्ष बालमन्दिर, ज्ञानभूमि र नवीन गरी तीन वटा स्कुलमा कला विषयको कक्षा सञ्चालन हुँदै आएको छ ।

कला शिक्षकको सम्पूर्ण पारिश्रमिक प्रतिष्ठानले व्यहोर्ने गरी हप्ताको एक दिन कला विषयको कक्षा लिने व्यवस्था मिलाइएको छ । प्रतिष्ठानले कला विषयको पठनपाठनमा सहयोग पु¥याएसँगै कला सिकेकै विद्यार्थीसँग संयुक्त कला प्रदर्शनी गर्ने कायस्थको इच्छाबमोजिम संयुक्त कला प्रदर्शनी आयोजना गरेको हो ।

कलाकार कायस्थले आफैँ पनि समयसमयमा विद्यालयमा विद्यार्थीसँग पुगी कला सिकाउने कामसमेत गर्दै आउनुभएको थियो । “कला कक्षा शुरु गरेदेखि नै मलाई यी विद्यार्थीसँगसँगै संयुक्त कला प्रदर्शनी गर्ने इच्छा जागेको थियो,” कलाकार कायस्थले भन्नुभयो, “विभिन्न विद्यालयमा विद्यार्थीले तयार गरेका झण्डै एक सय कला यतिखेर सँगै प्रदर्शनीमा छन्, उनीहरूले निकै राम्रा कला कोरेका छन् मलाई त अत्यन्त खुशी लागेको छ ।”

झण्डै आठ सय विद्यार्थी प्रदर्शनी अवलोकन गर्न आएको बताउँदै उहाँले ती विद्यार्थीहरूमा देखिएको कलाप्रतिको अभिरुचिले आफूलाई निकै हर्षित बनाएको अनुभव सुनाउनुभयो । प्रत्येक विद्यार्थीका आ–आफ्ना रुचि र क्षमता हुने भएकाले उनीहरूका प्रतिभा प्रष्फुटन हुन पाउनुपर्ने कायस्थको भनाइ छ ।

समुद्रदेखि पहाड हुँदै हिमालसम्म पुगी कला कोर्ने कायस्थलका अहिले प्रदर्शनीमा राखिएका ३३ वटा कलामध्ये १५ वटा अष्ट्रेलियामा तयार गरिएका हुन् भने १८ वटा हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेग लोमन्थाङमा तयार गरिएको हो । विद्यालयमा कला शिक्षकको व्यवस्था गरी प्रतिष्ठानबाट सो विषयमा पठनपाठन सञ्चालन गरिनु अत्यन्त उपलब्धिमूलक बन्दै गएको बालमन्दिर मावि नदीपुरका सहायक प्रधानाध्यापक भीष्म लामिछानेले बताउनुभयो ।

“कलाप्रतिको रुचि भएका विद्यार्थीका लागि कला कक्षा उपयोगी बनेको छ”, उहाँले भन्नुभयो, “यस किसिमको अवसरले उनीहरूका लुकेर रहेका प्रतिभा प्रष्फुटन हुन ठूलो सहयोग पु¥याउँछ ।” बालमन्दिरमा कक्षा ७, ८ र ९ मा झण्डै दुई सय जनाको हाराहारीमा विद्यार्थीहरूले कला कक्षा लिइरहेको बताउँदै उहाँले यसप्रतिको आकर्षण बढिरहेको जानकारी गराउनुभयो ।आफ्नो चुलबुले बाल्यकालमा ढुङ्गाका छपनीमा चित्र कोर्दै कलाप्रति लोभिएका कलाकार कायस्थले जीवनको यस यात्रामा भारत, बङ्गलादेश, अष्ट्रेलियालगायतका देशमा त्यहीँ पुगेर कला सिर्जना गरिसक्नुभएको छ । हालसम्म १२औँ एकल चित्रकला प्रदर्शनी गरिसकेका उहाँका साना–ठूला गरी भण्डै एक हजारभन्दा बढी कला सिर्जना तयार भइसकेका छन् ।

कायस्थका अनुसार पहिलोपटक २०२० सालमा जल रङ्गमा तयार गरेको गौरीघाट पोखराको परिवेशमा गाग्री बोकेर आएकी महिलाको तस्वीर उहाँको औपचारिक कलायात्राको पहिलो प्रस्तुति हो । विसं २०३०÷३२ तिर दुर्गा बराल, बुद्धि गुरुङ, गोपाल श्रेष्ठ, आलोक गुरुङलगायतका कलाकारको सङ्गतमा आएका कायस्थले २०४० सालमा आलोक, बुद्धि, महेन्द्रराज भण्डारीलगायतसँग सामूहिक रुपमा घान्द्रुकमा पुगी कला सिर्जना गर्नुभएको थियो ।

उहाँमा त्यसयता व्यक्तिगत एवम् सामूहिक रुपमा ठाउँठाउँमा पुगी कला कोरेका थ्रुप्रै अनुभव र भोगाइ छन् । विसं २०२८ देखि निरन्तर ३५ वर्ष पृथ्वीनारायण क्याम्पसमा प्रशासनतर्फ सेवा गरेका कायस्थ सन् १९९८ (विसं २०५५ तिर) ललितकला सान्त्वना पुरस्कार, सन् २००० (विसं २०५७ तिर) राष्ट्रिय प्रतिभा पुरस्कार, २००१ (विसं २०५८ तिर) ललितकला पुरस्कारका साथै सन्२०१३ (विसं २०७० तिर) रोटरी क्लब अफ पोखरा फिष्टेलबाट भोकेशनल अवार्डलगायतबाट सम्मानित भइसक्नुभएको छ ।

उहाँको कलाकारिता समेटेर सन् २००७ मा ‘द एडभेञ्चर अफ मोर्डन आर्ट’शीर्षकको पुस्तकसमेत प्रकाशन भइसकेको छ । प्रतिष्ठानले कला क्षेत्रको विकासलाई लक्ष्य गरी प्रत्येक दुई वर्षका बीचमा कला साधकलाई प्रदान गर्ने भनिएको रु ५० हजारको पुरस्कार यही वर्ष मङ्सिरमा गर्ने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ