2026-10-10 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमिताभ बच्चनको ट्विटर एकाउन्टमा पाकिस्तानका प्रधानमन्त्रीको तश्वीर !

जेठ २८, एजेसी | भारतका मेगास्टार अमिताभ बच्चनको ट्विटर एकाउन्ट सोमवार ह्याक भएको छ । ह्याकर्सले बच्चनको ट्विटर एकाउन्टको प्रोफाइल फोटोमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्वीर हालिदिएका थिए । त्यसको साथै उनको व्यक्तिगत जानकारी पनि हेरफेर गरेर लभ पाकिस्तान लेखिएको थियो । तर अहिले उनको एकउंट रिकभर भई सकेको छ ।

अमिताभको एकाउन्ट कसले ह्याक गरेको थियो भन्ने कुरा भने अहिलेसम्म खुलेको छैन । तर उनको एकाउन्ट ह्याक हुनुमा पाकिस्तान समर्थित ह्याकर्सको हात हुन सक्ने बताइएको छ । 

अमिताभ बच्चन सामाजिक संजालमा निकै सक्रिय मध्ये एक हुन् । उनले आफ्नो कुराहरु निरन्तर सामाजिक संजालमा पोष्ट गरिरहेका हुन्छन् । ट्व‍िटर र इन्स्टाग्राम जस्तो सामाजिक संजाल मार्फत अमिताभ आफ्नो समर्थकहरुको जानकारीको लागि आफ्नो हरेक गतिविध अपडेट गर्ने अमिताभको बानी छ । उनको ट्विटर एकाउन्ट ह्याक भएपछि यस बिषयमा उनका समर्थक तथा मिडियामा यो बिषयमा समाचारले स्थान पाएका छन् ।

हालसालै अमिताभ बच्चनक सेक्रेटरी शीतल जैनको मृत्यु भएको थियो । अमिताभको फिल्मी करियरमा उनको सेक्रेटरी शीतल जैनको निकै धेरै भूमिका रहेको थियो । उनको फिल्मी करियर शुरू हुँदादेखिनै शीतल उनीसंगै थिए । अमिताभले शीतलको मृत्युसँगै आफ्नो आधिकारिक ब्लग मार्फत शीतलको नाममा संदेश पनि लेखेका थिए । 

अमिताभ बच्चन ट्वीटर मार्फत समय-समयमा आफ्नो कविताहरु पनि सेयर गर्ने गरेका छन् । उनि वलीउडका त्यस्ता अभिनेताहरु मध्ये एक हुन् जो आफ्नो समर्थकहरुको माझ कुनै न कुनै बिषयले संधै चर्चामा आईरहन्छन् ।

अमिताभ बच्चन छिट्टै नयाँ फिल्म ब्रह्मास्त्रमा देखिदैछन् । यो फिल्ममा उनिसँगै रणबीर कपूर र आलिया भट्ट पनि देखिनेछन् । यस अघि अमिताभ बच्चन एक साउथ इन्डियन मुभीलाई लिएर चर्चामा आएका थिए । यो पनि जानकारी गराऔं कि अमिताभके हालसालै तमिल फिल्ममा पनि डेब्यू गरेका छन् । यो फिल्मको सेटमार्फत उनले एक तस्वीर शेयर गरेका थिए जसमा उनका छोरा अभिषेक उनिसँगै थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध