2026-10-10 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मोडल हन्ट नेपाल’को पाँचौ संस्करण सुरु (फोटो फिचर)

असार १, काठमाडौं | नेपालको मोडलिङ सम्बन्धी सबैभन्दा प्रतिष्ठित प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को पाँचौ संस्करण सुरु भएको छ । आइतबार एक बिज्ञप्ती जारी गर्दै आयोजक नेक्स्ट मोडल नेपालले ‘मोडल हन्ट नेपाल २०१९’को आवेदन खुल्ला भएको जनाएको हो ।

प्रिपिएर फर इनिसियसन’ अर्थात ‘सुरुवातको तयारी’ थिम रहेको प्रतियोगिता देशभर छरिएर रहेका युवायुवतीहरुलाई अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गरि देश तथा बिदेशमा मोडलिङ सम्बन्धि बिभिन्न अवसर प्रदान गर्न अब्बल साबित भएको छ । 

पाँचौ संस्करणसम्म आइपुग्दा प्रतियोगिताले ३०० बढी युवायुवतीलाई उत्कृष्ट प्रशिक्षण प्रदान गरि दर्जनौ ब्यवसायिक मोडल उत्पादन गर्न सफल भएको आयोजक संस्था नेक्स्ट मोडल नेपालका प्रमुख रवि धमलाले बताए । 

‘मोडल हन्ट’ इन्डिया, पाकिस्तान, श्रीलंका, अष्ट्रेलिया, अमेरिका लागायत विश्वका बिभिन्न मुलुकमा संचालन हुँदै आएको उत्कृष्ट प्रतियोगिता हो । बिगत ५ बर्षदेखि नेपालमा पनि यो प्रतियोगीता आयोजना हुँदै आएको छ ।

‘मोडल हन्ट नेपाल २०१९’मा भारतका चर्चित फेसन कोरियोग्राफर अभिमन्यु सिंह तमोर समेत आवद्ध भएका छन् । ल्याक्मे फेसन विक लन्चप्याड, एशियन फेसन अवार्ड, एसिया डिजाइनर विक, एसिया लाइफ स्टाइल विक, दुवई फेसन शो लगायत दर्जनौ अन्तराष्ट्रिय प्रतियोगिताका मुख्य कोरियोग्राफर भएर काम गर्दै आएका तमोर यो प्रतियोगिताको यस बर्षका मुख्य प्रशिक्षक पनि हुन् । 

नेपाली प्रतियोगितामा अन्तराष्ट्रिय कोरियोग्राफरको उपस्थितीले नेपालका मोडललाई अन्तराष्ट्रिय बजारको बिस्तार एबं नेपाली मोडलले उत्कृष्ट प्रशिक्षण प्राप्त गर्न मद्दत पुग्ने नेक्स्ट मोडलकी प्रबन्ध निर्देशक यतना पाण्डेले प्रष्ट पारिन् । 

जुन २२ देखि प्रारम्भिक अडिसन सुरु हुने प्रतियोगिता १७ अगष्टमा पुगेर सकिने छ । प्रतियोगितामा सहभागिताका लागि नेक्स्ट मोडल नेपालको केन्द्रीय कार्यलय टेकु (अटोल्याण्ड भवन) अथवा आधिकारीक वेभ साइट (www.nextmodelsnepal.com) बाट समेत आवेदन भर्न सकिनेछ ।

प्रतियोगिताका विजेताले लब्जरी ब्राण्ड मोडल अवार्ड कोरिया, पुने फेसन विक, मिस्टर ओसियन, सुपर मोडल ग्लोव जस्ता उत्कृष्ट अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीको अवसर प्राप्त गर्नेछन् । साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय फेसन र मोडलिङ क्षेत्रमा समेत आयोजकले अवसर प्रदान गर्नेछ ।

नेपालकै पहिलो फेसन टिभीसम्म अनुबन्धित भएको यो प्रतियोगीमा १६ देखि २८ बर्षसम्मका युवायुवतीले सहभागीता जनाउन सक्नेछन् । प्रतियोगीतामा सहभागतिाका लागि युवाका लागि ५ फिट ८ इन्ट र युवतीका लागि ५ फिट २ इन्च कम्तिमा पनि हाइट हुनपर्ने प्रावधान रहेको आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध